परिवारबाटै ६ महिलाको हत्या


प्रकाशित मिति :2019-08-05 15:38:48

-कोपिला पोख्रेल-

कपिलवस्तु । कुनै बेला परिवारसंगै बस्दा आफूलाई सुरक्षित ठान्ने महिलाहरु अहिले परिवारबाटै असुरक्षा महसुस गर्दैछन् । आजिवन सुरक्षा दिने बाचा गरेका श्रीमानबाटै सबै भन्दा बढि महिलाहरु यतिखेर जोखिममा रहेको ३ वर्ष यताका विभिन्न घटनाले पुष्टि गरेको छ ।

गत आ.ब.मा मात्रै कपिलवस्तुमा ६ जना महिलाको हत्यामा श्रीमानको संलग्नता थियो । ३ वर्षमा कपिलवस्तुमा भएका १८ वटा महिला हत्या मध्ये ७ वटा श्रीमानद्धारा भयो भने अन्यमा परिवार तथा छिमेकीको संलग्नता पाइएको कपिलवस्तु प्रहरीको भनाइ छ ।

बाणगंगा नगरपालिकामा मात्रै श्रीमान्बाट २ जना महिला मारिए । वडा नं ४ झुगा बस्ने वर्ष २६ की अनिता पौडेलको रहस्यमय रुपमा निर्मम हत्या भयो । श्रीमान् बाबुराम पौडेल, उनका साथी र आफन्तहरु मिलेर फागुन ११ गते राती छडले हानेर उनको हत्या गरे । आफ्नै घरको भान्सा कोठामा रक्ताम्य अवस्थामा भेटिएकी उनको छिमेकीले उद्धार गरी उपचारको क्रममा अस्पताल पुरयाउदा मृत्यु भयो । घटनामा संलग्न श्रीमानसहित सबैलाई पक्राउ गरी पुर्पक्षका लागि अदालतले थुनामा राखेको छ ।

यस्तै बाणगंगा नगरपालिका वडा नं ८ बालापुरकि २० वर्षकी सुनिता थारुलाई २१ वर्षका श्रीमान सुरेश थारु र सोहि ठाउँका २२ वर्षका नविन थारुले हत्या गरे ।

२०७६ साल बैशाख १६ गते राती श्रीमान् र उनका सहयोगीले ढुंगा प्रहार गरी सुनितालाई बाणगंगा खोलामा फ्याकेका थिए । श्रीमान् सुरेशले नदीमा नुहाउने बहानामा सुनितालाई बाणगंगा खोलामा रातीको समयमा लगी हत्या गरेको प्रहरीले जनाएको छ । हाल उनीहरु कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

यशोधरा गाउँपालिका वडा नं २ कि ३० की सकुन्तला यादवको पनि श्रीमान्बाटै हत्या भयो । गणेशपुर बस्ने वर्ष ३० का राम किसुन यादवले २०७५ साउन ६ गते ३० वर्षकी सकुन्तलाको शरीरमा आगो लगाई हत्या गरेका थिए ।

कपिलवस्तु नगरपालिका वडा नं ३ बस्ने वर्ष ३२ की तसलीमन निसाको पनि श्रीमान्ले नै हत्या गरे । उनका श्रीमान मोहम्मद रफिक मुसलमान र अन्य दुई जना मिलेर २०७५ माघ ३ गते राती ११ बजे घाँटी च्यापेर मारेको र पछि डोरी लगाई झुण्ड्याई मारेको प्रहरीले जनाएको छ ।

दाङ गढवा गाउँपालिकाको चिमचिमे घर भई कपिलवस्तु शिबराज नगरपालिका वडा नं १ मा बस्दै आएकी सुमित्रा परियारको पनि श्रीमान्को आक्रमणबाट ज्यान गयो । उनका श्रीमान् बसन्त परियारले २०७५ कार्तिक ११ गते आफ्नै घरमा बालबच्चासहित सुतिरहेको अवस्थामा बन्चरोले प्रहार गरेर हत्या गरेका थिए ।

प्रहरीले सम्पत्ति, सामाजिक संजाल, अशिक्षा, बेरोजगारी, बैदेशिक रोजगार, पारिवारिक बेमेल लगायतलाई महिला हत्याको मुख्य कारक मानेको छ ।

देशमा महिला विरुद्ध हुने हिंसाको लागी बनेका नीति तथा कानूनहरुमा समय सापेक्ष सुधार तथा कार्यान्वयन हुन नसक्दा महिलाहरु हिंसाको बढी शिकार बनेको महिला अधिकारकर्मी पुष्पा रेग्मीको भनाइ छ ।

कानून भएर पनि कार्यान्वयन पक्ष बलियो नहुँदा अन्य भागको तुलनामा तराई क्षेत्रका महिलाहरु हिंसाको बढी मारमा छन् ।

कपिलवस्तु प्रहरी उपरीक्षक दीप शमशेर जबराले महिला सुरक्षा सामाजिक चुनौति बन्दै गएको बताए । यसलाई न्यूनिकरण गर्न प्रहरी एक्लैले नसक्ने भन्दै सानो घरेलु हिंसा अन्त्यमा हत्यामा परिणत हुने भएकाले समयमै यसबारे सामाजिक तथा कानूनी उपचार खोज्न पनि उनले पीडितलाई आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: