यस्तो गाउँ जहाँ छोरीमात्रै जन्मिन्छन


प्रकाशित मिति :2019-08-04 14:25:00

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने । के छोरा वा छोरी जन्मिने भन्ने कुरा पनि ठाउँले फरक पार्छ र ? सायद पार्दो रहेछ कि । त्यहीँ भएर युरोपको एउटा गाउँमा सधैं छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो ९ वर्षयता छोराको जन्म भएको छैन ।

चेक गणतन्त्र र पोल्याण्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की नामको उक्त गाउँमा नौ वर्षयता छोरा जन्मिएका छैनन् । सोही कारण उक्त गाउँका मेयरले एउटा घोषणा नै गर्नुपरेको छ । उक्त घोषणा अनुसार गाउँमा छोरा जन्माउने दम्पत्तिलाई अब पुरस्कार दिइनेछ ।

उक्त गाउँमा पछिल्लो पटक सन् २०१० मा एक दम्पत्तिले छोरा जन्माएका थिए । त्यसपछि गाउँमा जन्मिएका सबै बच्चा छोरी नै रहेका छन् । ९ वर्षअघि छोरा जन्माएका ती दम्पत्तिहरु पनि गाउँ छाडेर अन्यत्र गएर बसोबास गरेका छन् ।

झण्डै ३ सय जनसंख्या रहेको सो गाउँको यो अनौठो घटना दुनियाँभर नै चर्चित छ । यो गाउँमा महिलाको तुलनामा पुरुषको जनसंख्या नगन्य छ । गाउँमा बच्चाबच्चीहरुमा एकजना मात्र बालक छ, जसको उमेर १२ वर्ष छ । अरू सबै बालिकाहरु छन् ।

गाउँका दम्पत्तिहरुमा केवल छोरीको मात्र जन्म हुने यो विचित्र घटनालाई लिएर विज्ञहरु पनि अचम्मित छन् । छोरा जन्मनु किन दुर्लभ बन्यो ? भन्ने विषयमा अनुसन्धानसमेत गर्न थालिएको छ । पोल्याण्डको वार्सास्थित एक विश्वविद्यालयले यो गाउँमा अनुसन्धान सुरु गरेको हो । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’

पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?, ’उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय

हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या

–महिला खबर– यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: