फिजीयो थेरापी सेवा महिलाका लागि ३० प्रतिशत छुट


प्रकाशित मिति :2019-08-04 15:02:12

-कमला पन्थी-

काठमाडौँ । फिजीयो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले नेपाल फिजीयो थेरापी एण्ड रिह्याविलेशन सेन्टरको स्थापना भएको छ ।

ललितपुर महानगरपालिका–९ बालकुमारीमा स्थापना गरिएको उक्त सेन्टरमा मेरुदण्ड भाचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार आजदेखि शुरु गरिएको छ । विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मुल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाटीलगायतको उपचार गरिने जनाइएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उक्त सेन्टरको शुभारम्भ गर्दै संस्थाले सञ्चालनमा ल्याएको थेरापीका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सकेमा यस क्षेत्रका विरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा प्राकृतिक, आयुर्वेद तथा भौतिक चिकित्साशास्त्रको महत्व रहेको उल्लेख गर्दै महानगरपालिकाले यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सेन्टरका अध्यक्ष सहदेव व्यन्जनकारले थेरापीमा कुनै दीर्घकालीन असर नहुने हुँदा यसको क्षेत्र फराकिलो बन्दै गएको बताए । उनले भने, “आफ्नै आँखाले हात खुट्टा चलाउन नसक्ने मान्छे उपचार पछि तन्दुरुस्त भएर हिंडेको देखेको छु । जसले गर्दा मेरो पनि मनोवल बढेर गयो ।” उनले दिर्घकालीन रोगको लागी “पेन रिलीफ क्लिीनक” संचालन गर्ने समेत बताए ।

डा. तेन्जीङ नोर्वु लामाले उक्त संस्थामा थेरापी सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने थेरापीसम्बन्धी उच्च अध्ययन र थप अनुसन्धानलाई अगाडि बढाउन लक्ष्य राखिएको जानकारी दिए । एक करोडको लागतमा निर्माण भएको उक्त सेन्टरमा एक महिनासम्म विरामीलाई केही प्रतिशत छुटको व्यवस्था तथा ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि ३० प्रतिशत छुट गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: