पुरुष विदेशिए, विकासको काम धान्दै महिला


प्रकाशित मिति :2019-07-21 15:49:38

-सत्यराज सिहँ –

बझाङ । यहाँका महिलाहरु बिना पारिश्रमिकको घरेलु काम छोडेर आयआर्जन हुने काममा सहभागी हुन थालेका छन् । अधिकांश समय मेलापात वा घाँस दाउरामा बिताउने यहाँका महिला दैनिक आय हुने विकास निर्माणका काममा सहभागी हुन थालेका हुन् ।

पछिल्लो समयमा गाउँगाउँमा विकास निर्माणका कामहरु हुन थालेको छ । उक्त काममा बझाङका महिलाको सहभागिता पनि बढ्न थालेको छ ।

पहिले पहिले यहाँ महिलाले मजदुरी गर्न सक्दैनन् भन्ने धारणा थियो । हिजोआज यहाँका युवाहरु मजदुरीका लागी भारत लगायत विभिन्न मुलुकहरुमा गएका छन् । त्यसको असर स्वरुप महिलाहरुको मजदुरीमा विश्वास गर्न थालिएको हो ।

गाउँको विकास निर्माणका कार्यहरुमा महिलाहरुको सहभागिता बढेसंगै जीविकोपार्जनमा समेत सुधार भएको छ । मजदुरी गरेबापत दक्ष कामदारले दैनिक ८ सय ५० रुपैयाँ र अदक्ष कामदारले ६ सय ५० रुपैयाँ ज्याला पाउने अहिले जिल्ला दर रेट छ ।

सोही रेट अनुसार अधिकांश महिलाले प्रतिदन ६ सय ५० रुपयाँ आम्दानी गर्दै आएका छन् । यहाँका महिलाहरु गाउँमा आएका योजनाहरुमा ढुङ्गा, बालुवा बोक्ने, गिट्टी फुटाउने, खन्ने , बिल्चाहरु लगाउने काम गर्दै आएका छन् ।

जिल्लाका खप्तड छान्ना गाउँपालिका ३ मा निर्माण हुन लागेको खानेपानी योजनामा समेत काम गर्ने पुरुषको तुलनामा महिलाको संख्या बढेको उपभोक्ता समितिका अध्यक्ष युवराज रोकायाले बताए ।

उनका अनुसार यस क्षेत्रका अधिकांश योजनाहरुमा महिलाहरुको सहभागिता बढी छ । गाउँमा भित्रिएका सडकका योजनाहरुमा मात्र डोजरबाट काम गराउँछन् । बाँकी योजनामा भने मान्छेहरु नै लगाएर काम गराउने गरेका छन् ।

खप्तड छान्ना गाउँपालिकामा निर्माण हुन लागेको पक्की पुल निर्माणमा काम गर्दै गर्दा भेटिएकी जुनादेवी ऐरले मजदुरी काम पाउन थालेपछि घर खर्च चलाउन सजिलो भएको बताइन् ।

जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विभिन्न भौतिक निर्माणका झण्डै दुई हजार भन्दा बढी योजना सञ्चालनमा छन् । ती योजनामा झण्डै जिल्लाका बीस हजार भन्दा बढी महिला प्रत्येक्ष रोजगारीमा जोडिएको हुन सक्ने अनुमान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: