बलात्कार कसुरमा १४ वर्ष कैद फैसला


प्रकाशित मिति :2019-07-18 15:53:39

-महिला खबर-

पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत ताप्लेजुङले १४ वर्ष कैदको फैसला सुनाएको छ ।

ताप्लेजुङस्थित आठराई त्रिवेणी गाउँपालिका १ का गुरुङलाई जिल्ला न्यायाधीश कृपाश्वर कार्कीको असार ३१ गते भएको एकल इजलासले १४ वर्ष कैद सजायसँगै पीडितले पाउने गरि १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत दिएको अदालतका श्रेष्तेदार केदार गौतमले जानकारी दिए ।

बालिकालाई गुरुङले ०७५ चैत २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २९ गते गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’

पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?, ’उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय

हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या

–महिला खबर– यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: