बुंगल अब छाउ गोठ मुक्त


प्रकाशित मिति :2019-07-17 16:52:09

-महिला खबर-

बझाङ । बझाङको बुंगल नगरपालिका छाउगोठ मुक्त भएको घोषणा गरिएको छ । ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना र बुंगल नगरपालिकाको संयुक्त प्रयासबाट नगरपालिकालाई छाउ गोठ मुक्त घोषणा गरिएको हो ।

छाउ प्रथा मान्ने र नमान्ने मानिसहरूबिच विभिन्न चेतनामूलक अन्तरक्रिया संचालन भएपश्चात यहाँका महिलाहरुले नै छाउ प्रथा नमान्ने एक्यवद्धता गरेपछि छाउ गोठ मुक्त नगरपालिका घोषणा गर्न सफल भएको ग्रामीण जल स्रोत व्यवस्थापन परियोजना बझाङका जलस्रोत सल्लाहकार विष्णु पोखरेलले जानकारी दिए ।

छाउ गोठ मुक्त घोषणासङ्गै बुंगल नगरपालिकामा अहिले छाउगोठ समेत नरहेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

कन्या माध्यमिक विद्यालय बटुल सेराका शिक्षक कलक बहादुर भण्डारीका अनुसार केही वर्षअघि मात्रै बुंगल नगरपालिकामा छाउ प्रथा व्याप्त भए पनि अहिले सबै ग्रामीण बस्तिहरुमा यो प्रथा छैन ।

आफ्नै घरको उदाहरण दिदै उनले भने, “मेरी आमा  पवित्रा भण्डारी छाउ भएको समयमा गोठमा नै बस्नु हुन्थ्यो । पोषिलो खाने कुराहरु समेत खानु हुन्नथ्यो । तर अहिले यो प्रचलन हटेको छ । मेरो घर नजीकै दुर्गा भवानीको समेत मन्दिर छ । त्यो मन्दिर नजिकै म लगायत यहाँका धेरै स्थानीय बासिन्दाहरुको खेतीयोग्य जमीन छ । उक्त जमिनमा महिनावारी भएको समयमा समेत जान मिल्दैन थियो । अहिले सबै महिलाहरु महिनावारी भएको समयमा समेत त्यहाँ जान थालेका छन् ।”

आफ्नी छोरी महेश्वरीसमेत अहिले महिनावारी भएको समयमा दही, मही,  घ्यू लगायतका खानेकुरा खानुका साथै आफ्नै सुत्ने कोठामा सुत्ने बस्ने गरेको शिक्षक भण्डारीले बताए ।

कन्या मावि बटुलसेरामा कक्षा १० मा अध्ययनरत छात्रा सविता सिहँले एक वर्ष पहिला विद्यालय नजिकै  भवानीको मन्दिर भएका कारण महिनावारी हुँदा धेरै छात्रा र शिक्षका महिला अनुपस्थित हुने गरे भए पनि अहिले भने सबै छात्रा र शिक्षक विद्यालयमा हाँजीर हुने गरेको बताईन् । यस्तै केही अभिभावकहरुले भने देउता रिसाउने डरले महिनावारी भएको समयमा आफ्ना छोरीहरुलाई विद्यालय जान नदिएको पाएको उनको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका अम्मरादेवी कुँवरले एक वर्ष पहिले यहाँका धेरै महिलाहरु छाउ भएको समयमा गोठमा बस्ने, दूध, दही नखाने, पानीका धारा नछुने, चर्पीको समेत प्रयोग नगर्ने भए पनि अहिले भने सबै महिलाहरुले पानीका धारा छुने, दूध, दही खाने, चर्पीको प्रयोग गर्ने गरेको बताईन् ।

उनले एक वर्ष अघिसम्म छाउ भएको बेलामा पानी तिर्खा लाग्दा पानी पिउन नपाएको घटना सुनाइन् ।

बुंगल नगरपालिकाका मेयर धन बहादुर विष्टले सुदुरपश्चिम प्रदेशकै पहिलो छाउगोठ मुक्त नगरपालिका घोषणा गर्नमा यहाँका स्थानीय महिलाहरुको विशेष योगदान रहेको बताए  ।

महिला सशक्तीकरण कार्यक्रम अन्तरगत नगरपालिकाले नितीगत निर्णय गर्दै अघि बढेका कारण समेत उक्त काम सफल भएको र यसमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले थप मद्दत गरेका कारण नगरपालिका छाउगोठ मुक्त नगरपालिका घोषणा गर्न सफल भएको उनले बताए ।

अहिले बुंगल नगरपालिकाका कुनै पनि टोलमा छाउगोठ नभएको उनको दाबी छ ।

स्मरण रहोस् नेपाल सरकारले छाउ प्रथा विरुद्ध नयाँ निती समेत ल्याएर कार्वान्वयन गरेको छ । यो प्रथा मान्ने जो कोहीलाई ३ हजार जरिवाना र ३ महिना कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’

पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?, ’उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय

हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या

–महिला खबर– यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: