चेलीबेटी बेचबिखनमा संलग्न कांग्रेस नेता सुनबहादुरलाई उच्च अदालतको क्लीन चिट !


प्रकाशित मिति :2019-07-17 13:51:56

–महिला खबर–

काठमाडौं । चेलिबेटी बेचविखनमा जिल्ला अदालतले दोषी ठहर गरेका नेपाली कांग्रेसका नुवाकोटका नेता सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले उल्टाईदिएको छ । दुप्चेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष सुनबहादुर तामाङलाई सफाई दिदै थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको सयुक्त इजलासले असार ३० गते पुनरावेदनको जिकिर नपुग्ने भन्दै तामाङलाई सफाई दिएका हुन् । उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी २०७५ पुस ७ गते पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार वटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडी उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार, तामाङले भारतमा चारवटा कोठी संचालन गर्दै आएको दावी गरेको थियो । भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

पीडितको बयान अनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएको पनि प्रहरीको दावी छ । उच्च अदालत पाटनको आदेशसँगै डिल्लीबजार कारागारमा रहेका तामाङ रिहा भईसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: