‘टिनएजर्स’ लक्षित गरी ‘म अघि बढ्छु’ कार्यक्रम सुरु


प्रकाशित मिति :2019-07-17 11:18:49

लेखनाथ खतिवडा पाँचथर ।

युवालाई कुलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाई सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले १ नम्बर प्रदेश सरकारले ‘म अघि बढ्छु’ कार्यक्रम शुरु गरेको छ ।

१ नं. प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी मंगलवारवाट ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको हो । विद्यालयस्तरमै लागूऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको कार्यक्रम गरिने भएको हो ।

खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कुलतमा फस्न नदिन प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म अघि बढछु’ कार्यक्रम सुरु गरेको हो ।

एक नं. प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख वढी विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १४० विद्यालयका १५ हजार विद्यार्थी माँझ क्लब गठन भएको भन्दै मुख्य मन्त्री राईले कार्यक्रम मार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र शहरी क्षेत्रका धेरै परिवार लागूऔषध दुव्र्यसनका कारण निकै सङ्कटमा परेकोले सचेतामूलक कार्यक्रम शुरुवात गरेको बताए ।

‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पुर्याउने गरी कार्यक्रमको स्वरूप तयार गरेका हौं,’ मन्त्री कार्कीले भने । ‘म अघि बढ्छु’ कार्यक्रम सरकारकै पहलकदमीमा गठन भएका सगरमाथा टिन्स क्लब मार्फत सञ्चालन गरिने जानकारी उनले दिए ।

मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ । उनीहरूले हरेक विद्यालयलाई लक्षित गरी लागूऔषध प्रयोग, यसको जोखिम, प्रभाव र सामाजिक रूपमा पार्न सक्ने खतराबारे सचेतना दिनेछन् ।

उनीहरू सबै स्वयम्सेवकका रूपमा नियुक्त भएको बताइएको छ । ‘सचेतना कार्यक्रममा विद्यालयमा लागूऔषधबारे एउटा छुट्टै कक्षा सञ्चालन गरिने छ, उनले भने, ‘विपद्को जोखिम र यसबाट बच्ने उपायबारे पनि शिक्षा दिइने छ ।’

प्रदेस सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममार्फत् यो कार्यक्रम अघि सारेको हो । यसका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट थप गरी पाँच करोड ४६ लाख रुपैयाँ पुर्याइएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यविधिसमेत तयार गरेको छ । कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिइएको मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले कार्यक्रम शुभारम्भ गरेको हो। आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमले नैतिक शिक्षाको खडेरी लागेको अवस्थामा केहि सकारात्मक परिवर्तन ल्याउने सरोकारवालाहरुको बुझाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: