पश्चिम नेपालबाट मुस्लिम महिला स्वास्थ्यकर्मी पहिलोपटक साउदी जाँदै


प्रकाशित मिति :2019-07-15 16:28:34

–महिला खबर–

बाँके । मुस्लिम स्वास्थ्यकर्मी महिलालाई नेपाल सरकारले हाजीहरुको स्वास्थ उपचारका लागि साउदी अरब पठाउने भएको छ । अनमी सिमा घर्तिमगर खानलाई नेपाल हज समितिले साउदी अरबको मक्का मदिनामा हाजीहरुको स्वास्थ्य उपचारका लागि लग्ने भएको हो । पश्चिम नेपालबाट साउदी अबरको मक्का मदिनामा सरकारको उच्च स्तरीय निर्णयबाट जान पाउने सिमा पहिलो मुस्लिम स्वास्थ्यकर्मी महिला हुन् ।

अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको एक टोली साउदी अरबको मक्का मदिना जादैछ । हरेक वर्ष हज गर्नका लागि नेपाली मुस्लिम साउदी अबरको मक्का मदिना जाने गर्छन् । सो अवधिमा आवश्यक हेरचाह र उपचारकालागि नेपाल सरकारले यसपालि ४ जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको हो । टोलीमा डा.तनबीर, सलाहुद्दद्दीन, सिमा घर्तिमगर खान र प्रविन निशात रहेका छन् ।

विगतका वर्षमा हज यात्रीहरु उपचारबाट बन्चीत भएको व्यापक गुनासो आएपछि यस वर्ष नेपाल सरकारले सिमित स्वास्थ्यकर्मीहरुको टोली साउदीमा पठाउन लागेको नेपाल हज समितिले जनाएको छ ।बाँकेको डुडुवा गाउँपालिका अन्तरगत होलिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी खान साउन ७ गते हाजीहरुको उपचारका लागि साउदी प्रस्थान गर्ने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले जानकारी दिए । उनका अनुसार २ जना पुरुष स्वास्थ्यकर्मी र २ जना महिला स्वास्थ्यकर्मीहरु साउदी जान लागेका छन ।

उच्च स्तरीय निर्णयबाट नेपाल हज समितिले डुडुवा गाउँपालिकालाई पत्रचार गरि हज अवधी भरीका लागि हाजीहरुको उपचारका लागि साउदी स्थित हज समिति अन्तरगत स्वास्थ्यकर्मीको टोलीमा काम गर्न खटाई दिने पत्र बमोजिम डुडुवा गाउँपालिकाको कार्यापालिकाले निर्णय गरी स्वास्थ्यकर्मी सिमा खानलाई पठाएको हो । साउदीमा हज गरेर ४५ दिनमा स्वास्थ्यकर्मीसहित हाजीहरुको टिम नेपाल फर्किने बताइएको छ ।

२०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा दरबन्दी कायम गरेपछि काखमा दुधे बच्चालाई च्यापेर उपचार गर्दै परीक्षण काल सम्पन्न गरेपछि स्वास्थ्य मन्त्रालयले बाँकेको डुडुवा गाउँपालिका अन्तरगत रहेको होलिया स्वास्थ्य चौकीमा सिमा घर्ति मगर खानलाई काज सरुवा गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’

पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?, ’उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय

हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या

–महिला खबर– यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: