असल छोरा बुहारीको सम्मान


प्रकाशित मिति :2019-07-15 13:56:12

सर्मिला बुढाथोकी / महिला खबर

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाले २७ जोडी असल छोरा बुहारीलाई नगदसहित सम्मान गरेको छ ।

बृद्ध बुबा आमा ९घरको जेष्ठ नागरिक०को राम्रोसंग हेरचाह गर्ने गाउँपालिकाभित्रका नौ वटा वडाका २७ जोडी असल छोरा बुहारी छनौट गरि सम्मान गरिएको गाउँपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताए ।

त्यसरी सम्मानित हुनेमा विवाह नगरी माइतमै बसेको छोरी समेत रहेको तामाकोसी गाउँपालिकाले जनाएको छ । उनीहरुलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

असल छोरा बुहारी तथा छोरी छनौट गर्न गाउँपालिकाले प्रत्येक वडामा समिति बनाएको थियो । उक्त समितिले विनाजानकारी तथा विनापरिचय आफ्नो वडा भित्रका जेष्ठ नागरिक रहेको घरमा पुगी त्यस्ता जेष्ठ नागरिकहरुसंग घरमा छोरा बुहारी वा छोरीले गर्ने व्यवहारको बारेमा कुराकानी गरेको, खानपानको अवस्था, सुत्ने, बस्ने ठाउँको अवस्था आदिको बारे स्थलगत रुपमा जानकारी लिएको र सोहि आधारमा असल छोरा बुहारी तथा छोरीको छनौट गरी सम्मान गरिएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।

समितिले प्रत्येक वडाबाट तीन जोडी असल छोरा बुहारी छनौट गरेर वडाको सिफारिसमा गाउँपालिकालाई नाम उपलब्ध गराएको र त्यसैको आधारमा गाउँपालिकाले नगद पाँच हजार रुपैयाँ दिई सम्मान गरेको गाउँपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

गाउँपालिकाले असल छोरा बुहारी छनौट गरि सम्मान गर्दा जेष्ठ नागरिकको स्याहार सुसारमा थप सुधार हुने र सम्मानित हुने छोरा बुहारी तथा छोरीको सामाजिक मर्यादा समेत बढ्ने विश्वास गाउँपालिकाले लिएको प्रमुख पोखरेलको भनाइ छ ।

तस्विरः असल छोरा बुहारीलाई नगदसहित सम्मान गर्दै गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: