बालकथा ‘उदयका साथी’


प्रकाशित मिति :2019-07-15 12:44:43

उदय २ कक्षामा पढ्छन् । उनलाई चित्र कोर्न, पढ्न, घुम्न र साथीहरूसँग खेल्न खुब मन पर्छ । ममीले भन्ने कथा सुन्न पनि रमाइलो लाग्छ । तर राति सुत्ने बेलामा मात्र कथा सुन्न पाउँछन् उनी । किनकि ममी अर्काको घरमा काम गर्न जानुहुन्छ ।

ममी काम गर्न गएको उदयलाई मन पर्दैनथ्यो । काम गर्न नजानू न ममी भन्थे उनी । उनकी आमाले उनलाई यसरी सम्झाउनुभयो, ‘सकेको काम गर्दा कसैलाई घाटा हुँदैन । झनै फूर्तिलो होइन्छ । फूर्तिलो ज्यान हुनेहरूले जे जे गर्न पनि सक्छन् । स्वस्थ भइन्छ ।’

उदयलाई पनि ममीको कुरा मन प¥यो । अचेल आफूले सक्ने काम आफैं गर्न थालेका छन् उनी ।

उदयका बाबा विदेश जानुभएको छ । ममी र उनी टिनको छानो भएको सानो कोठामा बस्छन् । विद्यालय छुट्टी भएको दिन उदय पनि ममीसँगै जान्छन् । ठूलो र सफा घरमा कहिलेकाहीँ टीभी हेर्न पनि पाइन्छ । तर उदय घरमा आएको घरबेटी आन्टीलाई मन पर्दैन ।

आन्टीका छोराछोरी विद्या र नरेश उदयकै उमेरका छन् । दुवैजना मिलेर खेल्छन् । नरेशको कोठाभरि खेलौना छन् । विद्यासँग पनि धेरै गुडिया छन् । कहिले कौसीमा त कहिले टीभी रुममा बसेर उनीहरू खेलिरहेका हुन्छन् । उदयलाई पनि उनीहरूसँगै खेल्न खुब मन लाग्छ तर खेलाउँदैनन् उनीहरू ।

दिदीभाइले खेलेको परैबाट हेरेर बस्छन् उदय । कि आमाले धोएको कपडा र भाँडाको नजिकै बसेर आफ्नै खेलौनासँग एक्लै खेलिरहन्छन् ।

शनिबारको दिन थियो । उदय निदाइरहेको मौका पारेर ममी घरबाट निस्कनुभयो । झ्याल खुला राखेर, ढोकामा बाहिरैबाट ताला लगाइदिनुभयो । ओछ्यानको छेउमा उदयलाई मन पर्ने चिप्स र गाईको दूध राखिदिनुभएको थियो ।

उदय बिहान ढिलै ब्यूँझिए । ब्यूँझेपछि उनले कुरा बुझिहाले, ‘ममी काममा गइसक्नुभयो ।’ पेन्सिलले चित्र बनाउँदै दूध पिउन थाले उनी ।

त्यसको केही बेरमै ममी आत्तिँदै आएर ढोका खोल्नुभयो । उदयलाई केही नभनी बाहिर निकाल्नुभयो । काखमा राखेर उदयको अनुहारभरि म्वाइँ खान थाल्नुभयो । उनी अलमल्ल परे ।

‘के भयो र रु किन आत्तिनुभा’को ममी रु ’

ममीले भन्नुभयो, ‘आज ठूलो भुइँचालो गयो । धेरै मानिस मरे ।’

उदयलाई भुइँचालो गएको नै थाहा थिएन । ‘कसरी जान्छ भुइँचालो रु ’

ममीले भन्नुभयो, ‘जमिन हल्लिन्छ । अनि थररर काँप्छ ।’

उदयले पनि कोठा हल्लिएको त थाहा पाएका थिए । तर कहिलेकाहीँ ठूला गाडीहरू चलेको बेलामा पनि कोठा थर्किने गथ्र्यो । गाडी चलेर थर्किएको होला भने, त्यसैले वास्तै गरेनन् ।

एकैछिनमा चौरमा मानिस आए । एम्बुलेन्सहरू पनि चल्न थाले । चौरमा बसेका धेरै मानिस रोइरहेका थिए ।

साँझ पर्ने बेलामा उदयलाई लिएर ममी उही काम गर्ने घरमा जानुभयो । तर त्यहाँ त सबैजना बाहिर बसिरहेका थिए ।

नरेश र विद्या पनि बाहिरै थिए । त्यो देखेर उनलाई अचम्म लाग्यो । ममीको कानमै गएर सोधे, ‘यिनीहरू किन बाहिरै बसेका रु ’

ममीले भन्नुभयो, ‘घर भत्कियो ।’

उदय र ममी पनि उनीहरूको नजिकै बसे । सबै निराश थिए । पसलमा जेजे पाइन्छ त्यही खाए । त्यो रात सबैजना एउटै पालमुनि सुते ।

अर्को दिन सबै विद्यालय बन्द भए । उदयलाई भने रमाइलो लागिरह्यो । प्रायः कोठामा एक्लै बस्नुपर्ने उदय आमाकै वरिपरि बस्न पाएका थिए । उनीसँगै नरेश र विद्याले पनि खेले । त्यो दिन आन्टीले केही पनि भन्नुभएन ।

विद्याको हातमा एउटा मात्र गुडिया थियो । नरेशले चुकचुकाउँदै भने, ‘घरमा भएको सबै खेलाउना ल्याउनै पाइएन ।’

ममीले उदयका सबै खेलौना ल्याइदिनुभयो ।

चौरमा अरू पनि थुप्रै बालबालिका आए । अब उदयसँग खेल्ने साथीको कमी भएन । उदयका खेलौना नै सबैले मिलेर खेले, खुब रमाए ।

केही दिन पालमा बसेपछि आन्टीहरूसहित सबैजना त्यही टिनकै छानो भएको उदय र ममी बस्ने कोठामा बस्न थाले ।

उदयलाई अचम्म लागिरहेको थियो । पहिले उदय फोहोरी छ भन्ने आन्टी अहिले उनीहरूसँगै बसेर खाना खान थाल्नुभएको थियो ।

तर उदयलाई पुरानो कुरा सम्झँदा आन्टीसँग रिस उठ्थ्यो । आफ्नो घरमा किन बस्नुभएको भन्दै सोध्न मन लाग्थ्यो । तर उनले सोधेनन् ।

एक पटक उदयले नरेशको बल छतबाट झारेपछि आन्टीले पिटेको सम्झियो । उसले ममीलाई गाली गरेको पनि सम्झियो । भन्यो, ‘ममी हामी उनीहरूको घरमा जादाँ त आन्टीले खुब गाली गर्नुहुन्थ्यो नि, उनीहरू हाम्रो घरमा आउँदा तपाईंले किन गाली नगर्नुभा’को ।’

आमाले विस्तारै भन्नुभयो, ‘अरूलाई दुःख परेको बेलामा नराम्रो सोच्नु हुँदैन बाबु ।’ उनले फेरि सोधे, ‘भुइँचालोले हाम्रो घर नलडेर उनीहरूको मात्र किन भत्किएको रु कि भगवान् रिसाउनुभएको हो रु ’

ममीले सम्झाउनुभयो, भुइँचालो भनेको प्राकृतिक प्रकोप हो । यसले ठूलो सानो भन्दैन । यस्तो विपत्ति त सबैलाई आउन सक्छ । धनी गरिब जो पनि यसबाट पीडित बन्न सक्छन् । यस्तो अवस्थामा पुरानो कुरा सम्झिएर कसैलाई पनि दुःख दिनु हुँदैन । सक्नेले सहयोग गर्नुपर्छ । विपत्तिमा परेकोलाई सहयोग गर्नु मानवीय कर्तव्य हो ।’

नरेशले ए भनेर टाउको हल्लाए ।

ममी आफ्नो काममा लाग्नुभयो । चौरमा साथीहरूसँगै उदय, विद्या र नरेश पनि खेल्न थाले ।अन्नपूर्ण पोष्ट्

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: