१२ वर्षकी बालिका चार बालकद्वारा बलात्कृत


प्रकाशित मिति :2019-07-12 12:40:26

–महिला खबर–

सप्तरी । १२ वर्षीया बालिकालाई चारजना बालकले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको हो ।

पीडितकी आमाले असार २४ गते दिएको उजुरी र पीडित बालिकाको बयानपछि पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए । चारै जना आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी मिश्राले बताएका छन् ।

आरोपितहरू गाउँटोलकै भएको र त्यसमध्ये एक जना पारिवारिक सदस्यभित्रको नातामा दाजु पर्ने व्यक्ति भएकाले गाउँमै मिलाउने भन्दै दबाब आएपछि समयमै निर्णय गर्न नसक्दा प्रहरीसमक्ष उजुरी गर्न ढिलो भएको पीडितकी आमाले बताइन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ भुडकी सितापुरस्थित जङ्गलमा गाईबस्तु चराउन गएका बेला असार १८ गते पीडितलाई चारजना आरोपितहरूले बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: