सहकर्मीलाई जातीय गालीगलोज गर्ने ५ महिला पक्राउ


प्रकाशित मिति :2019-07-12 11:37:32

–महिला खबर–

ललितपुर । आफ्नै सहकर्मीलाई फेसबुक च्याटमा जातीय गालीगलोज गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको फेवा सिटी अस्पतालकी नर्स शान्ति परियारलाई जातीय विभेदजन्य एवं अश्लील शब्द प्रयोग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फेवा सिटीमै कार्यरत नर्स पोखरा जाल्पारोडकी सुष्मा थापा, हेमजाकी सुस्मिता कुँवर, नयाँगाउँकी निर्मला थापा, सिमाना मल्ल र सुष्मा गुरुङ छन् । परियारको जाहेरीको आधारमा उनीहरुलाई असार २२ मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए । उनीहरुलार्ई जातीय विभेदको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ । उजुरी गरिएका ६ मध्ये इशा पुन देशबाहिर छिन् ।

गत जेठ दोस्रो साता अस्पतालका ७ नर्सले बन्द ग्रुप च्याटमा शान्तिलाई जातीय विभेदजन्य गाली गरेको आरोप छ । उनी समावेश नरहेको उक्त ग्रुप च्याटमा उनीमाथि अश्लिल शब्द प्रयोग गरेर गाली गरिएको थियो । ग्रुपमै रहेकी एक सदस्यले उक्त च्याट शान्तिसम्म पुर्याएकी थिइन् । शान्तिले च्याटबारे अस्पताल प्रशासनलाई खबर गरे पनि माफि माग्ने बाहेक कुनै विभागीय कारबाही नगरेपछि कानुनको सहारा लिनुपरेको बताइन् ।

उनले असार १२ मा ६ जना विरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरी दिएको १० दिनपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को दफा ४ उपदफा १२ मा जातीय रुपमा अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवद्धि गर्ने किसिमबाट उक्साउन वा व्यवहारबाट त्यस्तो संकेत गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई २ महिनादेखि २ वर्षसम्म कैद र २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले कसुर गरेमा पचास प्रतिशत थप सजाय हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: