महिलाहरूले यसर्थ गरे ओली सरकारको जय जयकार


प्रकाशित मिति :2019-07-11 15:19:47

पार्वती पाण्डे

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले गत विहीबार सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गर्यो । वडा कार्यालयले सुत्केरी महिलाका लागि पौष्टिक आहार वितरण गर्दा महिलाहरूले सरकार गाउँको झुपडीमा पुगेको भन्दै ओली सरकारको जय जयकार गरे ।

सुत्केरी सुनिता थापाले स्थानीय सरकारले पौष्टिक आहार दिएपछि सरकार घरमै देख्न पाएको अनुभूति भएको बताइन् ।

‘सरकारको जय होस्, केपी ओलीको जय होस्’ खुसी मुद्रामा उनले दुई हात जोडेर यसो भन्दै गर्दा वडा अध्यक्षप्रति आभार व्यक्त गरिन् ।

घरैमा पौष्टिक आहार पाएपछि उनी जस्तै खुशी मुद्रामा थिइन्, बसन्ती पुन । उनले आफूलाई पौष्टिक आहार दिएकोमा देशमा जनताको सरकार भएको महसूस भएको प्रतिक्रिया दिइन् ।

पौष्टिक आहारले आफू र शिशुको शरीर स्वस्थ हुने भन्दै पौष्टिक आहार पाउदा निकै खुसी लागेको माया परियारले बताइन् ।
वडा अध्यक्ष विष्णु गिरी, वडा सदस्य, मोतिपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा सुआहारका प्रतिनिधीको एक टोली घरघरमा पुगेर पौष्टिक आहार वितरण गरेका थिए ।

वडाका ६ जना सुत्केरी महिलाहरूलाई वडा अध्यक्ष गिरीले एक/एक किलो घ्यू र मह तथा एउटा लोकल कुखुराको भाले हस्तान्तरण गरे ।

पौष्टिक आहार प्रदान गरेको भन्दै सुत्केरी महिलाहरू हर्षित बनेका थिए । उनीहरूले वडा अध्यक्ष घरमै आउँदा धेरै खुसी लागेको बताए । वडा अध्यक्ष गिरीले गर्भावस्थामा चार पटकसम्म नियमित गर्भजाँच गर्ने, १ सय ८० आईरन चक्की पुरा भएका तथा स्वास्थ्य संस्थामा मात्र प्रसूति भएका महिलाहरूलाई उक्त पौष्टिक आहारा वितरण गरिने बताए ।

उनले वडाभित्रका सम्पूर्ण सुत्केरी महिलाहरूका लागि आगामी दिनमा पनि आफ्नो कार्यकालसम्म यो कार्यलाई निरन्तरता दिने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: