लैंगिक हिंसा हटाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने


प्रकाशित मिति :2019-07-11 14:38:38

–महिला खबर–

ललितपुर । लैंगिक विभेद हटाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिइएको छ ।

संचारिका समूह र ओरेक नेपालले आज ललितपुरमा आयोजना गरेको ‘लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा संचार माध्यमको भूमिका’ विषयक कार्यक्रममा लैंगिक हिंसा हटाउन संचार माध्यमको महत्वपूर्ण योगदान हुने औंल्याइएको हो ।

कार्यक्रममा बोल्दै संचारिका समूहकी अध्यक्ष नितु पण्डितले पछिल्लो समयमा नेपाली संचार माध्यमले लैंगिक हिंसाका समाचारलाई प्राथमिकताका साथ उजागर गर्न खोजेको जस्तो देखिए पनि लैंगिक संवेदनशीलताको अभावमा कतिपय समाचारले पीडितलाई थप पीडा दिइरहेको बताइन् ।

‘संचार माध्यमको नियतै गलत होइन । तर लैंगिकताको विषयमा समाचार लेख्ने व्यक्ति र सम्पादन गर्ने सम्पादक संवेदनशील नहुँदा समाचारकै कारण पीडितलाई थप पीडा पुगेको छ’ उनले भनिन् ।

ओरेक नेपालका कार्यक्रम संयोजक संजिता तिमिल्सिनाले २०७५ पुस १७ गतेदेखि २०७६ असार १७ गतेसम्म देशभर ८ सय १७ लैंगिक हिंसाका घटना भएको बताइन् । यो अवधिमा ओरेक नेपालमा ६ सय १७ घटना दर्ता भएको र संचार माध्यममा २ सय ५४ घटनाका समाचार प्रकाशित भएको उनले जानकारी दिइन् ।

उनका अनुसार ६ सय १७ मध्ये सबैभन्दा धेरै ४ सय ३३ घरेलु हिंसाका, १ सय २ सामाजिक हिंसा, १ सय ४९ बलात्कार, २८ बलात्कारको प्रयास, ५२ हत्या, ४२ यौन दुव्र्यवहार, ५ हत्या प्रयास, १३ मानव बेचबिखन, ३ बेचबिखनको प्रयास, १८ आत्म हत्या, २६ अन्य घटना घटेका हुन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समयमा केही अनलाइन र यूटुब च्यानलहरूले पाठक र दर्शक बढाउने उद्देश्यले बलात्कार, बलात्कार प्रयास, हत्या, कुटपिट जस्ता अति संवेदनशील विषयलाई समेत मनोरञ्जनको विषयसरह पस्किरहेको भन्दै यसले पत्रकारितालाई नै बदनाम गर्ने काम गरेकोमा चिन्ता व्यक्त गरे ।

अधिकांश वक्ताहरूले संचार माध्यमका सम्पादक लैंगिकताको विषयमा प्रष्ट हुन सकेको खण्डमा लैंगिक हिंसा विरुद्धका समाचारले प्राथमिकता पाउनेमा जोड दिए ।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत ३० जना पत्रकारको उपस्थिती रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: