ग्रामीण पर्यटन प्रवद्र्धनका लागि संचारिकाद्वारा अन्तरक्रिया


प्रकाशित मिति :2019-07-09 15:39:54

–महिला खबर–

तनहुँ । ग्रामीण पर्यटन प्रवद्र्धनका साथै महिलाहरूको राजनीतिक, शैक्षिक तथा सामाजिक अवस्थाको अध्ययन गर्ने उद्देश्यले सञ्चारिका समूह तनहुँले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आँबुखैरेनी गाउँपालिका र संचारिका समूह तनहुँको संयुक्त आयोजनामा ‘ग्रामीण पर्यटन प्रवद्र्धन सञ्चारको भूमिका तथा स्थानीय महिलाहरूको अवस्था अध्ययन अवलोकन’ विषयक दुइ दिने कार्यक्रम सम्पन्न गरेको हो ।

शुक्रबार र शनिबार संचालित कार्यक्रम अन्तरगत पहिलो दिन वडा नं. ६ हिलेखर्कको हिलेखर्क सामुदायीक होमस्टेमा र दोस्रो दिन जिल्लाकै अग्लो पहाड छिम्केश्वरी डाँडा हुँदै आबु–५ लाब्दिसम्म पदयात्रा गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले ग्रामीण क्षेत्रमा वसोवास गर्ने महिलाहरूको सामाजिक, राजनीतिक क्षेत्रको नेतृत्व तहसम्मको उपस्थितिका साथै उनीहरूको स्वास्थ्य, शिक्षा क्षेत्रमा पहुँच लगायतका विषयमा जानकारी लिन यो कार्यक्रम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकामा पर्यटकीय सम्भावनायुक्त धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थलहरू रहेता पनि उचित प्रचार प्रसारको कमिले ओझेलमा परेको चर्चा गर्दै अध्यक्ष थापाले यो कार्यक्रमले यस्ता क्षेत्रको प्रचार, प्रसार र प्रवद्र्धनमा टेवा पुग्नेमा अध्यक्ष थापाले विश्वास व्यक्त गरे । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरि कार्यक्रम आयोजना गरेको र यसै कार्यक्रममार्फत स्थानीयहरूमा पर्यटन प्रवद्र्धनमा ध्यान जानुका साथै पर्यटकीय क्षेत्रमा संरक्षणमा हौसाला मिल्ने बताएका थिए ।

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष पुष्पदेवी श्रेष्ठले पर्यटनको विकासमा महिलाहरूको महत्वपूर्ण भूमिका हुने बताइन् । ‘गाउँमा आएका पाहुँनाहरूलाई स्वागत, स्तकार, खानादेखि उनीहरूको मनोरञ्जनका लागि संस्कृतिक नृत्य प्रस्तुत गर्नमा महिलाहरूको महत्वपूर्ण भुमिका हुन्छ’ उपाध्यक्ष श्रेष्ठले भनिन्, ‘होमस्टे प्रवद्र्धनदेखि ग्रामीण पर्यटनको विकासका लागि हामी सधै तपाइहरूको साथमा छौं ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले ग्रामीण पर्यटनका लागि होमस्टे निकै आवश्यक रहेको र यसमा मौलिकताको साथै आउने पाहुँनाहरूलाई पारिवारिक वातावरण आवश्यक रहेको जोड दिए ।

पर्यटकीय क्षेत्रमा रोगजारीको साथै उच्च आर्थिक बृद्धि हुने भएकाले र सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासका लागि छिम्बेश्वरी, आँधिमुल, अकला मन्दिर, शिव मन्दिर, हिलेखर्क, बौद्ध मन्दिर, कृष्ण मन्दिर ऐन पहरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलको विकासलाई निरन्तरता दिइने नीति गाउँपालिकाले लिएको बताइएको छ ।

त्यस्तै, पर्यटन सम्भाव्यता बोकेका क्षेत्रहरूको अध्ययन तथा पहिचान, होमस्टे प्रवद्र्धन साथै लोपोन्मुख चेपाङ्ग, भुजेल, दलित, आदिवासी जनजातिको भाषा, संस्कृति र सम्पदाको संरक्षण एवं विकासलाई विशेष प्राथमिकता दिने नीति तथा कार्यक्रम अगाडि ल्याएको छ । मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको सुन्दरता कायम गर्न र संरक्षणका लागि प्लाष्टिकमुक्त क्षेत्र घोषण गर्ने पनि अधिकृत पौडेलले बताए ।

ग्रामीण पर्यटकीय क्षेत्रका विकासका साथै महिलाहरूको नेतृत्व विकासका लागि वडा सधै तत्पर रहेको आँबु–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए । सबै स्थानीय नै आफ्नो गाउँठाउँको र पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्छ भन्दै वडाध्यक्ष गुरुङले ग्रामीण पर्यटन विकास नै यहाँका स्थानीयको आर्थिक आम्दानीको बाटो बन्ने छ ।

यस्तै, पत्रकार महिलाहरूको हक, अधिकार तथा नेतृत्वदायी भूमिका निर्वाह गराउनुका साथै व्यवसायिक, खोजमुलक पत्रकारिताका क्षेत्रमा पत्रकार महिलाहरूलाई क्रियाशिल गराउन विभिन्न कार्यक्रमहरू गर्दै आएको सञ्चारिका समूह तनहुँकी अध्यक्ष सन्तोषी श्रेष्ठले बताइन् ।

ग्रामीण पर्यटन प्रवद्र्धनमा महिलाहरूको पनि महत्वपूर्ण भूमिका रहने हुँदा गाउँ गाउँका महिलाहरू शिक्षित र क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सम्पदा नेपालका अध्यक्ष हरिसिङ गुरुङले आँवुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटकीय स्थल तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयमा सहजिकरण गरेका थिए । जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङ, नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष नारायण खड्का लगायतले ग्रामीण पर्यटन, सञ्चार र महिलाहरूको सहभागिताका विषयमा चर्चा गरेका थिए ।

आँवुखैरेनी गाउँपालिकाको छिम्केश्वरी क्षेत्रका ग्रामीण बस्तिलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्लाका करिव २० जना पत्रकारको सहभागीता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: