झापामा बढ्दैछ बलात्कार


प्रकाशित मिति :2019-07-09 14:26:32

विष्णुप्रसाद पोखरेल

झापा । झापामा आफ्नै मामाबाट भान्जी बलात्कृत भइन् । जब प्रहरीले मामालाइ पक्राउ गर्यो र अनुसन्धान शुरु गर्यो मामाको यौन अङ्ग (लिङ्ग)मा ब्यारिङ्ग (एक प्रकारका साना फलामका दानाजस्ता) हालिएको थियो । माध्यमिक तहमा अध्ययन गर्दै आएकी भान्जीको लामो समयसम्म योनीबाट रगत बग्न नरोकिएपछि बल्ल यो कुरा बाहिर आएको थियो ।

पीडितका आफन्तले घरभित्रको कुरा भनेर मिलाउन प्रयास गरे पनि प्रहरी र मानव अधिकारकर्मीले यसलाइ अस्वीकार गरे । पीडित किशोरीका अभिभावकले मुद्दा नदिए पनि उनलाई संरक्षण दिएको महिला सुरक्षा गृहको तर्फबाट पीडक विरुद्ध मुद्धा दर्ता गरिएको थियो ।

यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा झापामा यस प्रकारका घटनाहरू बढ्न थालेपछि प्रहरी पनि अचम्ममा पर्ने गरेको छ । आफ्नै अभिभावक, छरछिमेकी र संरक्षकबाटै महिला तथा बालिका असुरक्षित हुने क्रम बढ्दा समाज कतातिर गइरहेको छ भन्ने बहस शुरु भएको छ ।

जिल्लामा दिन प्रतिदिन बलात्कारका घटनाहरू बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सबैभन्दा बढि झापाको दमकमा महिलाहरू बलात्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेश मैनालीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ सय २७ बलात्कार घटनाका मुद्दा दर्ता भएका छन् । जिल्लामा सबैभन्दा बढि दमक नगरपालिकामा बलात्कारका घटना भएका छन् ।

दमकमा मात्र २२ महिला बलात्कृत भएको प्रहरीको रेकर्डमा उल्लेख छ । ‘बलात्कार न्यूनीकरणका लागि प्रहरीले ठोस कार्यक्रम सञ्चालन गर्नु पर्ने अवस्था आएको छ,’ मैनालीले भने ।

जबरजस्ती करणी र करणी प्रयासका मुद्दाहरूमा कतिपय आफन्तहरू नै जोडिएका छन् । ‘नजिकका र अभिभावक भन्ने व्यक्तिहरू नै यस्तो घटनामा संलग्न रहेको पाईएको छ,’ मैनालीले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: