चक्रपथ डटकमको प्रधान सम्पादकमा कविता


प्रकाशित मिति :2019-07-09 14:06:48

–महिला खबर–

ललितपुर । समाचार र विचार प्रधान अनलाइन पत्रिका चक्रपथ डटकमको प्रधान सम्पादकमा सञ्चारकर्मी कविता अधिकारी नियुक्त भएकी छन् । अधिकारीलाई राजमोती मिडिया प्रालिद्वारा सञ्चालित चक्रपथ डटकमको प्रधान सम्पादकमा नियुक्त गरिएको अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

१२ वर्ष अघि हिमालयन टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेकी अधिकारी चक्रपथमा शुरुआतदेखी कार्यरत छिन् ।

नेपाल वान टेलिभिजनमा समाचार सम्पादकका साथै कार्यक्रम प्रस्तोताका रुपमा काम गरिसकेकी अधिकारीले मेगा टेलिभिजनको समाचार सम्पादक र कार्यक्रम संयोजक भएर काम गरेको अनुभव छ ।

सञ्चार माध्यममा महिला सम्पादकको अभाव खड्किरहेका बेला अधिकारीको नियुक्तिलाई समग्र सञ्चारकर्मी महिलाको सम्मानका रुपमा हेरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: