पत्रकार शान्ति लामामाथि दुर्व्यवहार गर्नेलाई कानूनी कार्वाहीको माग


प्रकाशित मिति :2019-07-07 12:38:09

–महिला खबर–

ललितपुर । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनको क्रममा एक समूहबाट आक्रमण भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केको पाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलन गर्ने क्रममा शनिबार बिहान उनीमाथि दुर्व्यवहार भएको हो ।
सानु धिमालले सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर घर बनाएको सूचना स्थानीयबासीबाट पाएपछि आफू स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुगेको लामाले बताइन् ।

शान्ति लामा

शनिबार बिहान स्थानीयबासीको एक समूहले धिमालले ढलान गरिसकेको घरको केही भाग भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा आफूले तस्बिर खिच्न प्रयोग गरेको मोबाइल जबर्जस्ती खोसिएको तथा भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको उनले बताइन् ।

पत्रकार लामामाथि भएको दुर्व्यवहार एवं आक्रमण प्रयासप्रति तामाङ पत्रकार संघले आपत्ती जनाएको छ ।

संघले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा पत्रकारको परिचयपत्र देखाउँदासमेत ‘यो भूमाफियाको मान्छे’ भन्दै उक्त समूहबाट लामामाथि आक्रमण प्रयास हुनु निन्दनीय हो भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘लामो समयदेखि कीर्तिपुर क्षेत्रको सम्पदा, परम्परागत कला, संस्कृतिको संरक्षण एवं संवद्र्धनका लागि कलम चलाउँदै आएकी पत्रकार लामाप्रति भएको उक्त दुर्व्यवहार कुनै पनि पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन पाउने कानुनी अधिकार एवं प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको ठहरिन्छ ।’ घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र स्वतन्त्र रुपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चिततासहित सबै पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

साथै, समाचार संकलनका क्रममा पत्रकार लामामाथि भएको दुर्व्यवहारमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक पहल गरिदिनका लागि नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)लगायत पत्रकारसम्बद्ध सम्पूर्ण संघसंस्थासमक्ष अपिल गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: