समलिंगी विवाहले मान्यता पाउनुपर्छः चञ्चला


प्रकाशित मिति :2019-07-05 12:29:30

–विष्णुप्रसाद पोखरेल–

झापा । अभियन्ता चञ्चला सुब्बाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषयमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने बताएकी छन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा पूर्वी नेपालमा क्रियाशील सुब्बाले आफूहरूको माग तथा अधिकारको विषयमा सरकार गम्भीर नभएकाले स्थानीयस्तरबाट नै आवाज उठाउने तयारी गरेको बताएकी बताएकी छन् ।

लिड नेपालकी कार्यक्रम संयोजक सुुब्बाले भनिन्, ‘समिलिंगी विवाह गर्ने जोडीहरू खुलेर बाहिर आइरहेका छन् । तर पनि विवाह दर्ता नहुने र नागरिकता लिन समस्या भएकाले सहज जीवन बाँच्न पाइरहेका छैनन् ।’ नेपाल सरकारले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने उनले बताइन् ।

शारीरिक रुपमा केटा भएर जन्मिएकी सुब्बा पछि महिला भइन् । अर्थात् उनलाई केटीको जीन्दगी जिउन मन लाग्यो । उनी एउटी केटी मान्छेले जस्तै बोल्ने, हिँड्ने, लुगा लगाउने, केटा मन पराउने हुन थालिन् । उनले भनिन्, ‘म जस्ता सयौं जोडीहरू छन् । तर परिवारको दवाव र सरकारको अवमुल्यनका कारण केटा र केटीको जोडी जस्तै सम्मानित जीवन बाँच्न पाएका छैनन् ।’ समलिंगी विवाहले कानूनी रुपमा मान्यता पाएको खण्डमा समलिंगी जोडीहरूले घर, परिवार र राज्यबाट अपमान र लाञ्छना सहनु नपर्ने उनको भनाइ छ ।

मानव अधिकारको विश्यव्यापी घोषणापत्रको प्रस्तावनामा ‘सबै मानव जाति मर्यादा र अधिकारका सम्बन्धमा स्वतन्त्र र समान हैसियतमा जन्मेका हुन्छन् र समान आत्मसम्मानका साथ बाँचेका हुन्छन्’ भनिएको छ तर हामीले यो अनुभूत गर्न पाएका छैनौ, सुब्बाले भनिन् ।

स्थानीय सरकार, प्रदेश सरकार कसैले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषयमा ठोस काम नगरेको भन्दै आफूहरूलाई सरकारले समसुस हुने गरि सरकारले काम गर्नुपर्ने सुझाव चञ्चलाको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: