बोक्सी आरोपमा दुर्व्यवहार गर्ने पक्राउ


प्रकाशित मिति :2019-07-04 15:46:06

ललितपुर । कथित बोक्सीको आरोपमा महिलालाई दुर्व्यवहार गर्ने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । ३६ वर्षीया महिलालाई बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–४ की ४२ वर्षीया दया नेपालीलाई हिजो असार १८ गते प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

बुटवल उउमहानगरपालिका–१ का प्रेमबहादुर बिककी १४ वर्षीया छोरी समीक्षा बिक बिरामी परेको अवस्थामा असार ६ गते चर्चमा राखेर मन्त्र सुनाउँदा ‘बोक्सीले मेरो छोरीलाई खान लागी’ भन्दै हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले असार १८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए । पीडितको आज लुम्बिनी अस्पतालमा स्वास्थ्य जाँच गरिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: