विवेकशीलमा तीन महिला पदाधिकारी हुनैपर्ने


प्रकाशित मिति :2019-07-03 12:43:35

ललितपुर । विवेकशील नेपाली दलले पार्टीको केन्द्रीय समितिमा ६ जना पदाधिकारीमध्ये तीन जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । रोल्पाको लिबाङमा भएको पार्टीको नीति सम्मेलनले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय समितिका अध्यक्ष र उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एवं दुई सचिव पदमा कम्तीमा एक–एक जना महिला हुनुपर्ने निर्णयमा उल्लेख छ । संघीय समितिमा महिला सहभागिता कम्तीमा ३७।८ र अन्य समावेशी सहभागिता कम्तीमा २१।६ प्रतिशत हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय समिति बढीमा ९९ जनाको हुनेछ । तीमध्ये पदाधिकारीसहित ७४ जना प्रत्यक्ष निर्वाचित र २४ जना मनोनीत हुनेछन् । पार्टीको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ गते जनकपुरमा गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

दुर्गेले पनि भन्लिन् त, ‘म पर सरेँ’

-पुजा- त्यसो भए तिमीचाहिँ किन अर्थहीन कुराहरूमा बाठी पल्टिन्छ्यौ ?

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: