जब मुस्लिम सांसद सिन्दूर र मंगलसुत्रसहित संसद बैठक पुगिन्


प्रकाशित मिति :2019-07-02 16:07:14

नयाँ दिल्ली । भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन ।

उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै आलोचना र समर्थन पनि भयो । ती टिप्पणीको हालै उनले जवाफ दिएकी छन् । संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत । त्यस क्रममा उनको टिप्पणी भएको हो ।

उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई कडा जवाफ दिएकी छन् । व्यवसायी निखिल जैनसँग विवाह गरेकी उनले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचनाको जवाफ दिएकी हुन् ।

जब कि, नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि मुस्लिम समुदायबाटै उनले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए । शनिबार भने नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ एकैचोटी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ । जुन धर्म, जाति र पन्थबाट पर छ । कट्टरपन्थीहरुको वयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो ।’

नुसरतले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु । म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन । आस्थाको मतलब विश्वास हो ।’ खासगरी मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए ।

नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थियो । २९ वर्षीया सांसद नुसरत जहाँले २५ जुनमा संसदमा सपथ ग्रहण गरेकी थिइन् । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: