ललितपुर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक वयक्ति पक्राउ परेका छन् । ललितपुर नखिपोट बस्ने पाँचथर फालेलुङ गाउँपालिका घर भएका २५ वर्षीय कुल बहादुर लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर भैंसेपाटी बस्ने कैलालीकी १८ वर्षीया किशोरीलाई २०७५ चैत १२ गते जबरजस्ती करणी गरि फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका–४ नख्खु दोबाटोबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको ।
Comment Here!