४१ प्रतिशत हिंसा श्रीमानबाटै


जेष्ठमा मात्रै १ सय ६५ महिलामाथि हिंसा

प्रकाशित मिति :2019-07-02 14:15:20

–महिला खबर–

ललितपुर । गएको जेठ महिनामा मात्रै १ सय ६५ महिलामाथि हिंसा भएको छ । ओरेक नेपालले जेष्ठ महिनामा अभिलेखिकरण गरेका १ सय १६ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त ४९ घटनाका आधारमा १ सय ६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरि प्रतिवेदन सार्वजनिक गरेको छ ।

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा जेष्ठ महिनामा ७८ वटा (४७ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ ।

यसैगरी ५२ वटा (३२ प्रतिशत) यौन हिंसा, १४ वटा (८ प्रतिशत) सामाजिक हिंसा, ६ वटा (४ प्रतिशत) हत्या, ६ वटा (४ प्रतिशत) मानव बेचविखनका घटना, ३ वटा (२ प्रतिशत) पारिवारिक स्रोतका अनुसार लैंगिक विभेदका कारणले आत्म हत्या गरेका घटना, २ वटा (१ प्रतिशत) बेचविखन प्रयासका घटना संकलन भएका छन् । ४ वटा (२ प्रतिशत )घटना माथिकाबाहेक अन्य प्रकारका छन् । अन्य प्रकारका हिंसामध्ये २ जनालाई अलपत्र पारिएको र २ जनालाई अनलाइनमार्फत हिंसा भएको तथ्याँक ओरेकको प्रतिवेदनमा उल्लेख छ ।


यस्तै उमेरको आधारमा विश्लेषण गर्दा जेष्ठ महिनामामात्रै सबैभन्दा धेरै ५० जना (३० प्रतिशत)१७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपछि हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु रहेका रहेका छन् । ३९ जना (२४ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका, १९ जना (१२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले हिंसाको बढी जोखिममा २५ वर्षभन्दा कम उमेर समूहका बालिका, किशोरी र युवामहिलाहरु रहेको देखिन्छ ।

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ५५ जना (३३ प्रतिशत) रहेका छन् । यसैगरी ३५ जना (२१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका र २९ जना (१८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ ।

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६८ वटा (४१ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ४४ वटा (२७ प्रतिशत) हिंसाका घटना छिमेकीबाट र १२ प्रतिशत (१४ वटा) परिवारका सदस्यवाट भएको पाइएको छ ।

तथ्याङ्ककलाई विश्लेषण गर्दा महिलाहरु अन्जान व्यक्तिहरुबाट भन्दा श्रीमान, छिमेक र घरपरिवारका व्यक्तिहरुबाट नै बढी हिंसाको जोखिममा रहेको देखिन्छ । त्यस्तै २५ वर्षभन्दा कम उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढि हिंसाको जोखिममा रहेको र २६ देखि ३५वर्ष उमेर समूहका युवाहरु हिंसाको प्रमुख जिम्मेवार भएको पाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: