सीपले फर्काएको खुसी


प्रकाशित मिति :2019-06-30 19:05:19

डीबी विष्ट

सिल्पाकुमारी पार्कीको विवाह १४ वर्षको उमेरमा भयो । तल्कोट गाउँपालिकाकी उनले २० वर्षमै श्रीमान्स“ग सम्बन्ध विच्छेद होला भनेर कल्पना समेत गरेकी थिइनन् । कक्षा ६ मा पढ्दै गर्दा विवाह गरेकी उनको जीवनमा त्यतिबेला अँध्यारो छायो, जतिबेला श्रीमान्ले विभिन्न बहानामा दुःख दिन थाले ।

उनीमाथि दिनहुँ कुटपिट हुन थाल्यो । सबै आफन्त इष्टमित्रले उनका श्रीमान्लाई सम्झाए बुझाए । त्यसो नगर भन्दा मानेनन् । केही महिनामा अर्की श्रीमती घर ल्याए । त्यसपछि उनका सबै आशा भरोसा मरे । २० वर्षकैै उमेरमा उनलाई कहाँ जाने के गर्ने भनेर चिन्ताले सताउन थाल्यो । धेरै पटक न्याय खोज्दै भौतारिएको उनले बताइन् । भनिन् ‘कति पटक गाउँ नजिकैको ईलाका प्रहरी कार्यालयमा धाएँ, निवेदन दिएँ । प्रहरीले श्रीमान्, घर परिवार र छरछिमेकीलाई बोलाएर मिलापत्र गराउ“थे । मिलापत्र गराएको केही दिन त चुप बस्ने । फेरि कुटपिट गर्न थालेपछि आत्महत्या नै गरु“की भन्ने सोच समेत मनमा उव्जन्थ्यो ।’

कसैको सहयोग नभएपछि उनी घरबाट निस्किन् । अरु विकल्प नभएपछि उनी महिला अधिकार मञ्चमा पुगिन् । पहिला उनले यस संस्थामा गए सहयोग पाउने हल्ला सुनेकी थिइन् । भनिन्, ‘त्यही सुनेकै भरमा म महिला अधिकार मञ्चमा पुगें ।’ उनले त्यहा“ सबै दुःख कष्ट सुनाइन् । माइतीमा समेत खवर गरिनन् । उनी पहिला पनि न्यायका लागि हिँड्दा सबै डराएर सहयोग गरेनन् । धेरैले आफ्नो मान्छे र पैसा चाहिन्छ, नत्र मुद्दा जितिदैन भन्थे । उनले अन्तिममा आएर महिला अधिकार मञ्चमा निवेदन दर्ता गराइन् ।

भनिन् ‘२०७४ साल साउनमा मञ्चका दिदीहरूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन लगाउनु भयो ।’ उनले महिला अधिकार मञ्चमै बसेर श्रीमान्सँग सबन्ध विच्छेद गरिन् । उनी अहिले मञ्चकै पहलमा सिलाई कटाई तालिम लिएर काम गर्दैछिन् । भनिन् ‘अहिले यही काम गरेर गुजारा चलाउँदै छु, राम्रो छ ।’ उनलाई अहिले आफ्नै कमाइमा हिंसाबिना चलाएको जीवन स्वर्ग जस्तै लाग्छ ।

यसरी पहिला धेरै हिंसा सहेका महिलाले महिला अधिकार मञ्च आएपछि सजिलो भएको बताउने गरेका छन् । तिनै मध्येकी एक हुन्, देवकी सिंह ।

थलारा गाउँपालिका वडा नम्बर ८ कि उनलाई वर्षायाममा शरीरमा फोका आउने समस्या थियो । श्रीमान् र आफन्तले उपचार गर्नुको साटो हेला गर्न थाले । भनिन् ‘त“लाई कुष्ठरोग लागेको छ, मर भनेर कुट्थे ।’ श्रीमान्ले अर्को विवाह गर्न लागेको उनले थाहा पाइन् । यस्तो अवस्थामा उनले पनि महिला अधिकार मञ्चको नाम सुनिन् र त्यही आइन् । मञ्चबाट उनलाई न्यायको लागि प्रहरी कार्यालय लगियो । उनी मञ्चले सञ्चालन गरेको सुरक्षित आवासमा बसिन् । उनले भनिन् ‘युएनएफपीएको आर्थिक सहयोगमा मलाई सेकुरेटी गार्डको तालिममा काठमाडौं पठाइयो । २ सन्तानसहित काठमाडौंमै पुगेर अहिले यहाँ एक संस्थामा सेकुरेटी गार्ड भएर छोराछोरीको लालन पालन र पढाइ खर्चको जोहो गर्दै छु ।’ उनलाई अहिलेको जीवन सजिलो लाग्छ । त्यसैले यस्तो सजिलो बनाइदिने महिला अधिकार मञ्च र युएनएफपीएलाई सधै धन्यवाद दिन्छिन् । भनिन् ‘अहिले न मलाई हिंसा छ न त अरुको कमाइ खानु पर्छ ।’ श्रीमान्ले दोस्रो विवाह गरेर भारत गएको खबर थाहा पाएपछि उनले आफ्नो अधिकारका लागि बहुविवाहको मुद्दा समेत हालेकी छिन् ।

यस्तो खुसी फर्केला भन्ने त उनलाई लागेकै थिएन । महिला अधिकार मञ्चमा आएर धेरैले नया“ र स्वावलम्बी जीवन पाएका छन् । यिनै मध्ये अर्की महिला हुन् छबीस पाथीभेरा गाउँपालिकाकी कौफली धामी ।

७ वर्ष अघिको कुरा हो धामी १५ वर्षकी थिइन् । जंगलमा दाउरा लिन गएका बेला छिमेकी गाउँका केटाले तानेर लगे । ५ दिनसम्म गोठमा राखेर जबरजस्ती शारीरिक सम्पर्क गरे । श्रीमान् नस्विकार्दासम्म बाहिर निस्कन दिएनन् । उनले बाध्य भएर श्रीमान् स्वीकारेको बताइन् । श्रीमान् मन नपरेकाले कहिले माइती, कहिले श्रीमान्को घर बस्ने गरेकी थिइन् । त्यही बिचमा उनका श्रीमानले अर्को विवाह गरे । सौता भित्रिएपछि घरका सबैले उनलाई कुटपिट गर्न थाले । यार्सा टिप्न लेक गएको बेला श्रीमान्ले मरणासन्न हुने गरी कुटे । कौफली भन्छिन् ‘मरिसकी भनेर छोडेको रहेछ । यार्सा टिप्ने मान्छेले बेहोस् अवस्थामा भेटेपछि उपचार गरेर बचाए ।’

त्यसपछि उनले घर छोडिन् । सदरमुकाम चैनपुरमा भाँडा माझेर जीवन चलाउदै थिइन् । महिला अधिकार मञ्चको नाम सुनिन् । उनी मञ्च पुगेपछि प्रहरी कार्यालयदेखि अदालतसम्म पुगिन् । दुई वर्षअघि उनले जिल्ला अदालत चैनपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिइन् । अदालतले उनलाई २ लाख ५० हजार बराबरको सम्पत्ती पाउने आदेश गर्दै सम्बन्ध विच्छेद गरिदियो । त्यसपछि उनी मञ्चकै सहयोगमा कुकको तालिम लिन काठमाडौ गइन् । भनिन् ‘अहिले त म होटलमा कुकको काम गर्छु ।’ मञ्चमा आजभोलि जिल्लाका धेरै पीडितले आश्रय मात्र पाएका छैनन्, सीप सिकेर काम समेत पाएका छन् । महिलालाई न्याय मात्र दिएर हुँदैन, आफै बाँच्न सक्ने बनाउनु पर्छ भनेर सीप सिकाउने र जागिर खोज्न सहयोग गर्ने काम गरेको महिला अधिकार मञ्चका अध्यक्ष जयन्ती जोशीले बताइन् । भनिन् ‘हिंसामा परेपछि उनीहरूसँग न खाने गास हुन्छ, न बस्ने बास ।’

२०५८ साल फागुन ११ गते स्थापना भएको महिला अधिकार मञ्च बझाङमा हालसम्म ५ सय ७७ जना महिलाहरूले न्यायको लागि निवेदन दर्ता गराएका छन्। यही महिला अधिकार मञ्चले सञ्चालन गरेको अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस)मा हाल सम्म १ सय ७७ जनामहिलाहरूले सेवा लिएका छन् ।

सेफ हाउस संचालनमा आएपछि २ जना बालबालिकालाई पढाउन सहयोग गरेको छ । यस्तै महेन्द्रनगरको साथी संस्थामा ७७ जना हिंसा प्रभावित महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर हुन सहयोग गरेको छ । २९ जना महिलालाई १० देखि २१ हजारसम्म आर्थिक सहयोग समेत गरिएको छ ।

यस्तै महिला अधिकार मञ्चमा आएका ४ सय ५१ जना महिलालाई मनोविमर्स सेवा, ४ सय ४७ जनालाई कानूनी परामर्श सेवा र २५ जना महिलाहरूको जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराइएको छ ।

जयपृथ्वी नगरपालिकाका महिला शाखा प्रमुख टिटा मगरले हिंसा पीडित महिलाहरूको न्यायका लागि महिला अधिकार मञ्चले ठूलो सहयोग गर्दै आएको र कोही कसैले पनि साथ नदिएका विचल्ली र बेवारिसे अवस्थामा परेका महिलाहरूको सहाराको रुपमा काम गरेको बताइन् ।

हिंसा प्रभावित महिलाको पुनस्र्थापनाका लागि सबै भन्दा ठूलोे योगदान युएनएफपीएको रहेको उनको ठहर छ । एउटै नगरपालिका भित्रका मात्रै महिलाहरू नभएर हिंसामा परेका बझाङ जिल्लाका सबै स्थानीय तहका महिलाहरू र बाहिर जिल्लाका महिलाहरू समेत यसबाट लाभान्वित भएको उनले बताइन् ।

आर्थिक अभावका कारण अझै भने जस्तो सेवा दिन नसकेको मञ्चकी अध्यक्ष जोशीको अनुभव छ । भनिन् ‘पीडित महिला र बालबालिकालाई सुरक्षित राख्न सकिएन भने उनीहरूमा विश्वास गुम्छ ।’ नगरपालिकामा आएका उजुरी समेत मञ्चमा आउने गरेका छन् । बुंगल नगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजकमिना जाग्रीले भनिन्, ‘अहिलेसम्म न्यायीक समितिमा १६ वटा उजुरी परेको छ । ती मध्ये ३ वटा उजुरी महिला अधिकार मञ्चमा पठाएका छौं ।’ महिला अधिकार मञ्चमा पठाएका उजुरीहरू जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म पुग्ने र यसमा महिला अधिकारकर्मीहरूले सहयोग गरेको उनको अनुभव छ ।

हिंसा पीडित महिलाहरूका लागि नगरपालिकाले विभिन्न सीपमूलक तालिमका साथै गाउँ, टोलमा लैंगिक हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका उप प्रमुख जुना जाग्रीले न्यायीक समितिमा २८ वटा उजुरी दर्ता भएको र त्यसमा एउटा महिला अधिकार मञ्चमा पठाएको बताइन् । भनिन्, ‘हामीले पनि सीपमूलक तालिम सञ्चालन गरेका छौं ।’

यता जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार महिला हिंसाका घटना वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७२।०७३ मा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा लिखित १५ वटा उजुरी र घरेलु हिंसा सम्बन्धि १ सय १४ वटा ठाडो उजुरी आएका थिए ।

यस्तै आर्थिक वर्ष २०७३।०७४ मा १४ वटा लिखित र ८० वटा ठाडो उजुरी परेको महिला सेल प्रमुख पार्वती अवस्थीले बताइन् । त्यस्तै आर्थिक वर्ष २०७४।०७५ मा लिखित १८ र घरेलु हिंसाका ठाडो उजुरी ९३ वटा परे भने आर्थिक वर्ष २०७५।०७६ मा जबरजस्ती करणीका ४, जबरजस्ती करणी उद्योगका ५, कर्तब्य ज्यान ४, बहु विवाहका ५ र घरेलु हिंसा सम्बन्धि ठाडो उजुरी १ सय २० आएका छन् ।

यहा“का पुरुष र महिलामा चेतना कम र रुढिवादी समाजका कारण महिला हिंसा बढी भएको तर उजुरी कम आएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख सुर्यबहादुर केसीले बताए । भने ‘आउन पर्ने जती उजुरी नआए पनि वर्षेनी उजुरी बढिरहेका छन् ।’ हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयलेसमेत ग्रामीण बस्तीहरूमा नै पुगेर महिला तथा बालबालिकाहरूलाई नियम कानून र हिंसाका प्रकार, यसले पार्ने असर र यसबाट बच्ने उपाय लगायतका विषयमा जानकारी गराउँदै आएको छ ।

(पत्रकार विष्ट बझाङका क्रियाशील पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: