धर्तीमाता विरुद्ध अधिकारकर्मीले दिए जाहेरी


प्रकाशित मिति :2019-06-30 17:30:37

-महिला खबर-

ललितपुर । आफूलाई धर्तीमाताको बताउने विष्णु कुँवर विरुद्ध मानव अधिकारकर्मी महिलाहरूले आज जाहेरी दिएका छन् ।

स्वघोषित धर्तीमाताले काठमाडौंको भद्रकाली मन्दिर परिसरमा दर्शन गर्न आएकी युवतीलाई बोक्सी कबुल गराउन अत्यन्तै क्रूर तरिकाले शारीरिक र मानसिक यातना दिएको भिडियो सार्वजनिक भएको भन्दै अधिकारकर्मीहरूले उनी विरुद्ध जाहेरी दिएका हुन् । यद्यपि धर्तीमाताले यातना दिएकी पीडित युवती सम्पर्कमा नआएको र उनको समेत जाहेरी आएपछि माता विरुद्ध संयुक्त मुद्दा दर्ता गर्ने तयारी गरिएको हुँदा यो जाहेरी मात्रै दर्ता नगरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी कृष्णकुमार चन्दले बताए ।

अधिवक्ता शशी बस्नेत, अधिकारकर्मी इन्दिरा घले, पत्रकार सम्झना बस्नेत, लोग्शरी कुँवर, प्रतिमा सिलवाल, सन्दिप बिक, कल्पना भट्टराईले दिएको जाहेरीमा धर्तीमाताले सयौं मानिसको भिडमा, सार्वजनिक स्थलमा, प्रहरीको सुरक्षा घेराभित्रै एक युवतीमाथि अपमानजन्य व्यवहार गरेको भन्दै फौजदारी अपराध संहिताको परिच्छेद १० अन्तरगत ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर’ को दफा १६८ (१) बमोजिम कार्वाहीको माग गरिएको छ ।

उक्त भिडियोमा माताले ‘तँ को हो, छिटो निस्की’ भनेर युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस् ? तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको देख्न सकिन्छ ।

के भन्छ अपराध संहिताले ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –१० ले भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको व्यवस्था गरेको छ । सोही परिच्छेदको दफा १६८(१) ले कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन भनि उल्लेख गरेको छ । त्यसैगरी सोही परिच्छेदको दफा १६८(१) को (क) ले बोक्सा बोक्सीको आरोप लगाउने, तथा (ख) ले बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाँउबाट निकाला गर्ने, साथै (ग) ले सामाजिक बहिष्कार गर्ने, वा (घ) ले अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्ने कार्य भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको रुपमा परिभाषित गरेको छ ।

यस्तो हुन्छ कार्वाही

जाहेरीमा प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –१० को दफा १६८(१)बमोजिमको कसूरमा दफा १६८(२) बमोजिम अधिकतम हदसम्म कारवाहीका साथै पिडीतलाई कानुन बमोजिम क्षतिपूर्तिसमेत माग गरिएको छ ।
– उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
– हिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।
–  उपदफा (३) बमोजिमको कसूर गर्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
–  राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: