पुरुषवादको पिपिरी


प्रकाशित मिति :2019-06-26 14:45:32

सीमा आभास

पुरुष र पुरुषसत्ता फरक हुन् । पुरुष र सत्ता सँगै जोडिएर आउने हुनाले पुरुष र पुरुषसत्ता एकै हुन् भन्ने भ्रम छ । त्यही भ्रममा आधारित भएर कतिपय पुरुष निकै जंगिने गरेका छन् । पुरुष र पुरुषसत्ता कसरी फरक रु यो लेख यही सेरोफेरोमा अगाडि बढेको छ ।

०००
अठारौँ शताब्दीमा उदय भएको महिलावाद उन्नाइसौँ शताब्दीमा आएर युरोप र अमेरिकासम्म फैलियो । र, बीसौँ शताब्दीसम्म आइपुग्दा विश्वभरि फैलियो । अहिले महिलावाद चर्चाको चरम अवस्थामा छ । फरक राज्यव्यवस्था, नीति–नियम र चेतनाको फड्कोसँगै महिलावादका नारा र यसका आयाम क्रमैसँग परिवर्तन हुँदै आएका छन् ।महिलावादको चर्चासँग अब पुरुषवादको चर्चा पनि गरिनुपर्छ भन्ने मान्यतामा रहेर यो लेखन अगाडि बढेको छ ।

‘महिलावाद’– यो शब्दविज्ञानको उदयसँगै ‘पुरुषवाद’ भन्ने शब्दविज्ञान पनि आउनुपथ्र्यो । तर, आएन । बरु त्यसको सट्टा ‘पुरुषसत्ता’ भन्ने पदावली अगाडि आयो । ‘पुरुषसत्ता’ भन्ने पदावली प्रयोग गरेपछि ‘महिलासत्ता’ भन्ने पदावली प्रयोग गरिनुपथ्र्यो । त्यसो पनि भएन । ‘महिलावादी’ शब्दावली प्रयोग गर्दा ‘पुरुषवादी’शब्दावली पनि प्रयोग गरिएन ।

विज्ञानले मानेको छ– हरेक क्रियाको प्रतिक्रिया हुन्छ । यदि महिलावादलाई क्रिया मान्ने हो भने पुरुषवाद प्रतिक्रियाका रूपमा उभ्याइनुपथ्र्यो । अथवा, पुरुषसत्ता क्रिया हुन्थ्यो भने महिलासत्ता प्रतिक्रियाका रूपमा ल्याइनुपथ्र्यो । महिलावादलाई बहसमा ल्याएपछि पुरुषवादलाई किन बहसमा ल्याइएन रु न त महिलावादीले नै यसलाई बहसको विषय बनाए । न त पुरुषवादीले नै यसमा बहस छेडे ।

यहाँसम्म आइपुग्दा महिलावाद निःशस्त्र युद्धजस्तो भएको छ । देश कब्जा गर्न, शासन हत्याउन हतियार प्रयोग गरेझैँ महिलावादका मुद्दाले हतियार नउठाईकन युद्ध गरिरहेका छन् । यो युद्धको उद्देश्य– पुरुषवर्गलाई हराउने भन्ने पक्कै होइन । बरु महिलावादसँग पुरुषवादलाई पनि अस्तित्वमा ल्याउनुपर्छ । महिलाले पुरुषसत्ताको विरुद्धमा बोल्दा कतिपय पुरुषले व्यक्तिगत रूपमा पुरुषलाई गाली गरेको भन्ने बुझ्ने गरेका छन् । त्यसैले यहाँ पुरुष र पुरुषसत्ताबीचको अन्तरलाई केलाउने प्रयास गरेकी छु ।

पुरुष

नेपाली भाषामा प्रयोग हुने ‘पुरुष’ शब्दले मान्छेको भाले जातिलाई बुझाउँछ । तर, पूर्वीय दर्शनले प्रकृतिको विपरीत पुरुषका रूपमा व्याख्या गरेको छ ।

लेखक राम लोहनी भन्छन्, ‘पूर्वीय दर्शनका अनुसार, प्रकृति र पुरुषको विभाजनमा प्रकृति भनेको स्त्री, भौतिक र दैहिक भयो । भौतिक चिज नाशवान् हुन्छ । पुरुष भनेको आत्मा भयो, आत्माले शरीरमा वास गर्दा चैतन्य प्राप्त हुन्छ । शरीरको मृत्यु भए पनि आत्मा अमर हुन्छ । त्यसैले शरीर गौण भयो । आत्मा महत्वको भयो । शरीरलाई स्त्रीसँग र आत्मालाई पुरुषसँग तुलना गर्ने दर्शनले अन्ततः स्त्री भनेको गौण, सामान्य, भोग्य (जसरी आत्माले शरीरको भोग गर्छ), नाशवान् भयो । पुरुषको प्रधानत्व स्वतः स्थापित भयो । चैतन्य स्वरूपको प्राप्ति नै जन्मको मूल ध्येय हो भन्ने हाम्रो दर्शनमा लेखिएको छ ।’

यसरी हेर्दा पुरुष शब्द लोग्नेमान्छेलाई जनाउन प्रयोग भएको देखिँदैन । प्रकृति र पुरुषको विषयमा पुरुषलाई भाले जाति भनेर बुझिँदैन । जीव भनेको प्रकृति र पुरुषको संयोजन हो । प्रकृति देह भयो भने त्यसको प्राण र आत्मा पुरुष हो । आईमाई र लोग्नेमान्छे दुवै प्रकृति र पुरुषले बनेका हुन्छन् । आजभोलि स्थूल रूपमा नारी भनेर प्रकृतिको प्रतीक र पुरुष भनेर लोग्नेमान्छेको प्रतीकका रूपमा बुझ्न थालियो । पुरुषलाई चैतन्यस्वरूप, अजर, अमर, अविनाशी स्वरूप मानियो ।

नारीलाई प्रकृतिस्वरूप मानियो जो नाशवान् छ । यस्तो दर्शनले पुरुष विशिष्ट र नारी गौणको अवधारणा स्थापित भयो । पुरुषप्रधान र महिला गौण भन्ने अवधारणामा आधारित भएर अहिले हामीले मान्दै आएका धर्मशास्त्र र कानुनका नियम स्थापित भएका छन् । धर्म र समाज फरक भए पनि विश्वका धेरैजसो देशमा यही धारणा स्थापित छ ।

आधुनिक नेपाली शब्दकोशले पुरुष भनेको वंश चलाउने, स्वामी, मालिक, पूर्वज, मनुष्यको शरीर या आत्माजस्ता पद दिएर व्याख्या गर्छ । अहिले सामान्यतया लोग्नेमान्छे भनेको पुरुष भनेर बुझिन्छ । शाब्दिक रूपमा पुरुष भन्नाले शरीरमा भएको चेतनालाई जनाउँछ । चेतना भनेको जीवात्मा र पुरुष तत्व हो । यो तत्वमानवका दुवैै जाति स्त्रीलिंगी र पुलिंगीसँग विद्यमान रहन्छ । तर, स्त्रीमा रहने पुरुषतत्वलाई अघोषित रूपमा इन्कार गर्छ अहिलेको समाज, जसले गर्दा नारी अबला हुन्, कमजोर हुन्, कम बुद्धिमान् हुन्छन् जस्ता मनोवैज्ञानिक रूपमा शिथिल बनाउने उपमा जोडेर व्याख्या गरिन्छ ।

समाज विकास र सभ्यतासँगै चेतनालाई ज्ञान–बुद्धिको मूलस्रोतका रूपमा लिइयो । पुरुष शब्दले मान्छेको पुलिंगीलाई बुझाएपछि चेतनाको हकदारका रूपमा पनि लोग्नेमान्छेलाई मात्र लिन थालियो । महिलालाई अबला र कमजोर बुद्धिवालाका रूपमा लिइन थालियो । पश्चिमी दर्शनका महान् दार्शनिक सुकरातले भनेका छन्, ‘आइमाईको बुद्धि कम हुन्छ । किनकि, उनीहरूका दाँत पुरुषका भन्दा कम हुन्छन् ।’

ज्ञानी, ध्यानी, विद्वान्को चित्र बनाउनुप(यो भने दाह्री भएको, कपाल फुलेको कुनै लोग्नेमान्छेको चित्र खिचिन्छ । अक्सर ज्ञानी, ध्यानी या विद्वान्को बिम्ब आउँदा महिलाको चित्र दिमागमा बन्दैन । किन रु किनकि चेतना र ज्ञानको हकदार पुरुषलाई मात्र मानिएको छ । सदीयौँदेखि त्यही अभ्यास भइरहेको छ ।

पुरुषसत्ताको वर्चस्व

पुरुषसत्ता महिलामाथि गरिने अमानवीय–निरंकुश शासन प्रणाली हो । पुरुषसत्ताको पक्षपोषक नारी या पुरुष, जो पनि हुन सक्छ । तर, नारीले पुरुषसत्ताको विरोध गर्दा पनि जोखिममा परिन्छ । पक्षपोषण गर्दा त दलदलै डुब्छ, डुबिरहेकै छ । समाज विकासको सभ्यतासँगै पुरुषसत्ताले समाजका नियम–कानुनको प्रमुख, धर्मका नीति–नियमको केन्द्र पुरुषलाई मान्न थाल्यो । पुरुषलाई केन्द्रमा राखेर सामाजिक संरचना तयार भए । पुरुष भएर जन्मिएबापत समाजको हाकिम, मालिक बन्ने हक उसैलाई प्राप्त भयो ।

मानव विकासक्रमलाई हेरेर भन्न सकिन्छ– खानाको खोजीमा मान्छेहरू समूह बनेर विभिन्न ठाउँतिर पुगे । नयाँ ठाउँ पुग्दा अनेकन् जंगली जनावर, प्राकृतिक प्रकोपको सामना गर्नुप(यो । हिंस्रक जन्तुसँग लड्ने, खानाका लागि सिकारको अभ्यास गर्न थालियो । महिला गर्भवती हुने, बच्चा काखमा हुने, मासिक रूपमा नछुने हुने अवस्थाले घरमा बस्ने, बालबच्चा हेर्ने, घरको रेखदेख गर्नुपर्ने जिम्मेवारी महिलाको काँधमा आइप¥यो । पुरुषले आर्जन गरेर ल्याएको सिकार महिलाको निर्णयअनुसार परिचालन गर्न थालियो ।

यस्तो अभ्याससँगै महिलाको यौन स्वच्छन्दतामाथि पुरुषले आफ्नो हक जमाउन थाल्यो । महिलाको यौन स्वच्छन्दतालाई लगाम लगाएपछि विवाहको प्रचलन सुरु भएको हुनुपर्छ । मानव जीवनको केन्द्रीय शक्ति यौन हो । त्यही शक्तिलाई विवाह संस्था खडा गरेर पुरुषले अधीनमा राख्न सुरु ग¥यो ।

सभ्यताको विकाससँगै घुमन्ते जीवनशैलीबाट स्थायी रूपमा बस्ने अभ्यासको सुरुवात भयो । विवाहसंस्था समाज विकासको प्रमुख कारक भयो । विवाहसंस्थालाई केन्द्रमा रहेर धर्म र कानुनका नियम तयार पारिए ।

०००
समाजसँग विशेष चेतना हुन्छ । त्यो चेतना हरेक समयमा फरक–फरक रूपमा समाजको अगाडि उभिइरहेको हुन्छ । त्यही चेतनाको असरस्वरूप विभिन्न युग निर्माण भए । विभिन्न राजनीतिक मान्यता आए र गए । विभिन्न वादको उदय भयो । केही स्थापित भए । केही शून्यमा बिलाएर गए । केही वादहरूले नयाँ वादहरू स्थापित गरेर इतिहास बनाए ।

चेतना मात्र हुँदैन, समाजसँग विशेष चरित्र पनि हुन्छ । जाति, जनजाति, वर्गमा मान्छेलाई विभाजन गरिएको हुन्छ । यस्तो सामाजिक विभाजनले कुन वर्ग या समुदायलाई कस्तो व्यवहार गर्ने, कति अधिकार दिने, कस्तो धारणा बनाउने भन्ने रेडिमेड अवधारणा बोकेको हुन्छ । कतिपय सामाजिक चरित्रसँग मानवीयपूर्ण व्यवहार न्यून र लुप्त प्रायः हुन्छ ।

पुरुषवादको चर्चा खासै गरिएको छैन । खासमा पुरुषवादलाई स्थापित शब्दविज्ञानको मान्यता दिइएकै छैन । पंक्तिकारले यहाँ पुरुषवादलाई अब स्थापित गरिनुपर्छ भन्ने मान्यता राखेको हो । महिलावादलाई सही ढंगले बुझ्न र ग्रहण गर्न सबैभन्दा पहिले पुरुषवादलाई बहसमा ल्याइनुपर्छ ।

विश्वका हरेक घरमा महिला र पुरुष छन् । नारी–पुरुषको सम्बन्ध विशुद्ध प्राकृतिक हो । प्राकृतिक सम्बन्धमा समभाव हुन्छ । प्राकृतिक रूपमा नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध छ । एक–अर्काविना बस्न र बाँच्न नसक्ने किसिमको प्रकृति छ । तर, पुरुषसत्ताले त्यो अन्योन्याश्रित सम्बन्धलाई शासक र शासितका रूपमा स्थापित ग(यो । र, महिलालाई कज्याएर आफू बलियो बन्दै गयो । महिलाको चेतनालाई ढाकिरहने सामाजिक अभ्यासको सुरुवात धार्मिक र कानुनी रूपमा स्थापित गर्दै लग्यो ।

०००

विवाह पद्धतिसँगै विश्व जित्ने या राज्य जित्ने पराक्रमी भनिएकाको पाखुराबाट पुरुषवादको जरा विश्वभरि फैलिएको छ । पुरुषवादको एउटा महत्वकोपूर्ण चरित्र भनेको महिलाका प्राकृतिक चरित्र या गुणलाई अवमूल्यन, अपव्याख्या गरेर पुरुषको तुलनामा महिला कमजोर छन् भन्ने हो । महिलामाथि धर्मको, कानुनको आडमा कमजोर साबित गरेर शासन गरिरहने हो । आफ्नो पराक्रम देखाउनु, जित्नु, नहार्नु पुरुषवादले खोज्ने पुरुष गुण हुन् ।

हात्ती मार्नु, बाघ मार्नु, लडाइँमा जानु, कुनै पनि आक्रमणमा जित्नु पुरुषवादले पुरुषभित्र रोपिदिएको चरित्र हो, जुन साँच्चै प्राकृतिक हो जस्तो लाग्छ । लडाइँ गर्नु, बहादुरी देखाउनु, कुनै विपत्तिबाट अरूलाई उद्धार गरेर महान् बन्नु र तिनीहरूमाथि नै शासन गर्नुलाई पराक्रमी पुरुषको चरित्रका रूपमा मान्न थालियो । त्यसपछि पुरुषभित्र शासक र मालिक प्रवृत्तिको विकास भयो ।

शस्त्रास्त्रसहित लडाइँमा जाँदा पुरुषलाई योद्धा भनियो । लडाइँ गरेर, देश जितेर पुरुष नै राजा बन्यो । तर, महिलामाथि शासन गर्न उसले कानुनी नियम तयार पा(यो । र, महिलालाई निम्छरो बनायो । उसको शासनलाई विश्वस्त बनाउन धार्मिक आख्यान तयार पा(यो । त्यस्ता आख्यानको उपासक स्वयं महिलालाई नै राख्यो ।

महिलालाई कोमलताको प्रतीक मानेर भावुक बनाउने अनेकन् भनाइ र श्लोक तयार पारिए । सौन्दर्यको प्रतीक मानेर आफ्नै शरीरसँग अल्झिरहने मनोविज्ञान र वातावरण तयार पारियो । त्यसो हुँदा महिला कि त भावुक भएर महान् र त्यागी बन्नमा अभ्यासरत रहे या सौन्दर्यमा झुम्मिएर आफ्नै शरीरसँगै अल्झिरहे । घरभित्रको अनवरत कामलाई कामको मान्यता नै दिइएन । बरु उल्टै भनियो, ‘जुठो भाँडो गर्ने जात ।’

०००
चर्चका पादरी, मन्दिरका मठाधीश, मस्जिदका मौलाना पुरुष नै हुने भए, जहाँ महिलालाई प्रवेश गर्न नै दिइएन र महिलालाई अपूर्ण मान्छेका रूपमा चित्रित गरियो । पश्चिमी साहित्य दर्शनका चर्चित दार्शनिक एरिस्टोटल भन्छन्, ‘महिला अपूर्ण मान्छे हुन् ।’ महापुरुष, महाराजाहरूले विनाहातहतियार, विनाशस्त्रास्त्र महिलालाई हुकुमी शासनको दायरामा राख्ने गरेका छन् । यस्तो प्रवृति इतिहासको मूलधारमा आयो । र, इतिहासको बाटोमै हिँडिरहेको हुन्छ वर्तमान पनि । उन्नाइसौँ शताब्दीका चर्चित अमेरिकन नागरिक अधिकारकर्मी मार्टिन लुथर किङ भन्छन्, ‘हामीले इतिहास बनाएका हुँदैनौँ । हामी इतिहासबाट बनेका हुन्छौँ ।’ आजसम्म आइपुग्दा तयार भएको नारीमनोविज्ञान र पुरुषमनोविज्ञान त्यही इतिहासको उपज हो ।

पूर्वीय दर्शनमा आधारित आख्यान ‘रामायण’ महान् योद्धाका कथाले भरिएको छ । रावण, राम, लक्ष्मण, हनुमान्, मेघनाथ, सुग्रीव, कुम्भकर्णजस्ता बलिया, पराक्रमी र तपस्वी योद्धा छन् त्यहाँ । त्यो युद्धको केन्द्रमा सीतालाई एउटी निरीह र त्यागी, आदर्श पात्रका रूपमा उभ्याइएको छ । अहिलेको सामाजिक मनोविज्ञानले महिलालाई सीता बन्ने अभ्यासका लागि उत्प्रेरणा दिइरहेको छ ।

‘महाभारत’को कथा पनि महान् र कुशल योद्धाका वीरगाथाले भरिएको छ, जहाँ महिला पात्र कि त वस्तुका रूपमा चित्रित छन् कि जितेर लगिने सगुनका रूपमा । युधिष्ठिरले द्रौपदीलाई जुवामा च्याँखे राख्नु, भीष्म पितामहले अम्बा, अम्बिका र अम्बालिकालाई स्वयंवर स्थलबाटै अपहरण गरेर पिताजी शान्तनुसमक्ष पु¥याउनु, उनीहरूले देखाउने पुरुषार्थका केही उदाहरण हुन् ।

आधुनिककालमा आएपछि पनि राजा–महाराजाले दर्जनका दर्जन भित्रिया–बाहिरिया पत्नी राख्नु पुरुषत्वसँग जोडिएको विषय बन्यो । यसलाई पुरुष हुनुको गौरव, पौरुषत्वको प्रतीकका रूपमा व्याख्या गरियो । अहिलेको समयमा उभिएर हेर्दा ती महान् गाथा र महायोद्धाका पराक्रम पुरुषसत्ताकै अभ्यास हो ।

पुरुषवाद

पुरुषवादको चर्चा खासै गरिएको छैन । खासमा पुरुषवादलाई स्थापित शब्दविज्ञानको मान्यता दिइएकै छैन । पंक्तिकारले यहाँ पुरुषवादलाई अब स्थापित गरिनुपर्छ भन्ने मान्यता राखेकी हो । महिलावादलाई सही ढंगले बुझ्न र ग्रहण गर्न सबैभन्दा पहिले पुरुषवादलाई बहसमा ल्याइनुपर्छ । पुरुषवाद हैकमी हुन्छ र महिलालाई आदर्श देख्न चाहन्छ । महिलाप्रति उदार बनेको देखाउन चाहन्छ । महिलालाई आदर्श मान्न चाहन्छ । महिलालाई आफ्नो प्रेमको केन्द्र बनाउँछ । यी सबै हुँदाहुँदै पनि उसलाई महिलामाथि हैकम जमाउने गुणको विकास गराइदिन्छ समाजले । ऊ परिवर्तन चाहन्छ, महिलालाई ‘सम्मान’ गर्छ, तर हैकमवाद कता न कताबाट आइहाल्छ र शासक भइहाल्छ । ऊ जन्मजात आफूलाई मालिक ठान्छ । जन्मजात सर्वोच्च ठान्छ । महिलाको संरक्षक र मालिक पनि आफैँलाई ठान्छ । पुरुषवाद महिलामाथि हैकम जमाउने कर्म गर्न उद्दत हुन्छ ।

सुकरात भन्छन्, ‘यदि तिमीले असल श्रीमती पायौ भने तिमी खुसी हुन्छौ, खराब श्रीमती पायौ भने दार्शनिक ।’ तर, खराब श्रीमान् पाउने श्रीमतीको हालत के हुन्छ रु यसबारे कतै पढ्न पाइँदैन । यो भनाइले पुष्टि नै गर्छ पुरुषवादले तय गर्ने बाटो । मनुस्मृति भन्छ, ‘नारीलाई बालखमा बुबाले, जवान हुँदा पतिले र वृद्ध हुँदा छोराले देखभाल गर्नुपर्छ ।’ यी पंक्तिले स्पष्ट भन्छन्– पुरुषवादको गतिलो अभ्यास र स्थापना महान् व्यक्तिबाटै भएको हो । पश्चिमा होस् या पूर्वीय, महिलामाथि शासन गर्ने हुकुमी दर्शन बोकेर हिँडेका छन् । हुकुमी प्रवृत्ति, योद्धा प्रवृत्ति, महिलामाथि हैकम जमाउने प्रवृत्ति खासमा पुरुषवाद हो । तर, त्यसलाई पुरुषवाद भनिएन । यो प्रवृत्तिलाई महान् कर्मका रूपमा ग्रहण गरियो । ग्रहण गर्न लगाइयो ।

फस्टाउँदो पुरुषवादका चरित्र

देखिँदा आधुनिक र विद्रोहीजस्ता हुने, तर घरभित्र पुरातन स्वास्नी नै बनून् भन्ने चाहने पुरुषवादका खास चरित्र हुन् । महिलामाथि साहित्य सिर्जना गर्ने, विद्रोही नारीपात्र उभ्याउने, साहित्यमा नारीलाई आधुनिक बनाउने, तर व्यवहारमा पुरातन चरित्रकी स्वास्नीको अपेक्षा गर्ने पुरुषवादको चरित्र हो । अरू महिलाले बोले घर भत्काइदिन्छन् भनेर डराउने, तर उदारवादीजस्ता देखिन नछाड्ने पुरुषवादको फस्टाउँदो चरित्र हो ।

पुरुषवादभित्र जरिएका अहम्का जराहरू निकै परसम्मै फैलिएका छन् । सार्वजनिक बहस र कार्यक्रममा होस् या सामाजिक सञ्जालमा, महिला लेखकलाई ठाडो आक्रमण गरिन्छ । हियाएर भनिन्छ, ‘फेमिनिस्टहरू १’ केही वर्गहरू महिला लेखकलाई ‘समाज बिगारा अगुवा’को बिल्ला भिराएर प्रतिक्रिया दिन्छन् । सार्वजनिक रूपमा उठेका बहसलाई महिलाको व्यक्तिगत जीवनसँग जोडेर आँकलन गर्छन्– यसले लोग्नेलाई पेलेकी छे । ठट्टाकै रूपमा या साँच्चै पनि भन्न भ्याउँछन्, ‘यसको लोग्ने अभागी हो । यसको लोग्ने पीडित छ ।’ अनि प्रश्न उब्जन्छ– एउटी लेखकको लोग्ने हुनु अभागी हो रु लेखक स्वास्नीको लोग्ने हुनु पीडित हुनु हो रु तमाम पुरुष लेखकका स्वास्नी हुनुचाहिँ के हो ?

आमस्वास्नीले सम्हालेजसरी नै घरबार–बालबच्चा स्याहारेर, जागिर खाएर चोरेको समयमा लेख्ने महिला लेखकलाई यसो भनेर मूल्यांकन गर्ने समाजका अगुवा लोग्नेमान्छेका स्वास्नीहरू कति महा–अभागी होलान् रु तर, उनीहरूलाई किन अभागी भनिँदैन रु उनीहरूलाई किन पीडित भनिँदैन रु सार्वजनिक बहसमा तपाईंले तपाईंकी स्वानीलाई कति पेल्नुहुन्छ भनेर सायदै कोही पुरुष लेखक या पुरुष अगुवालाई कसैले सोध्ने दिमाग लगाउला ।

चिया गफमा बसेका वेला पुरुषलाई किन कसैले प्रश्न नगरेको, ‘तपाईंकी स्वास्नी कति अभागी– तपाईं यहाँ चिया पिएर बस्नुहुन्छ । ठूला–ठूला गफ गर्नुहुन्छ । तपाईंकी स्वास्नी घरमा काम गरिरहेकी छिन् । कहिल्यै चिया पसलमा चिया पिउँदै गफ चुटेको देखिँदैन त रु’ महिला लेखकलाई सार्वजनिक स्पेसमा देखेपछि चाहिँ उसको घर, लोग्ने, परिवारको चिन्ता लिइदिने तमाम मानिसको लाइन लाग्छ । किन कुनै पनि पुरुष लेखकले सार्वजनिक रूपमा बोल्दा, हिँड्दा उसको व्यक्तिगत जीवन, उसले श्रीमतीलाई गरेको व्यवहार कस्तो छ भनेर प्रश्न गरिँदैन रु किन त्यसबारे खोजी गरिँदैन रु तर, किन एउटी महिला लेखक सार्वजनिक कार्यक्रममा जाँदा उसको लोग्नेको अनुहार खोतल्छन् रु किनभने, पुरुषहरू पुरुषवादले थिचेको चेतनाको जराले ग्रसित छन् ।

०००
पुरुष भएर जन्मनुलाई एउटा स्वतःप्राप्ति, स्वतःजित, स्वतः विशेषाधिकारका रूपमा लिइन्छ, पढालेखा भएर पनि । हातमा कलम बोकेर पनि । चेतनाको बिगुल फुक्छु भन्नेहरू पनि पुरुषसत्ताको बर्को ओढेर हिँडेका छन् । पुरुषसत्ताले उनीहरूलाई लगाम लगाइदिएको छ, जहाँबाट उनीहरू दायाँ–बायाँ टाउको हल्लाउन पनि सक्तैनन् । सोच्न पनि सक्तैनन् । अझ भनौँ सोच्नै चाहँदैनन् ।

पुरुषवादले महिलालाई घोषित–अघोषित रूपमा घरेलु कामदारका रूपमा मात्रै ग्रहण गर्छ । महिलाले सार्वजनिक समारोहमा बोल्नु भनेको उसको सत्ता खोस्नु ठान्छ पुरुषवाद । अरूको व्यक्तिगत जीवनसँग प्रश्न उठाइरहँदा, महिला सार्वजनिक कार्यक्रममा हिँड्दा उसको लोग्नेको अनुहार खोजी गरिरहँदा म अन्दाज गर्नसक्छु– त्यो घरका महिला सदस्यका जिब्रामा ताल्चा लगाइएको हुन्छ ।

महिलाले आफ्ना कुरा गरिरहँदा, आफ्नो स्थानको खोजी गरिरहँदा केही जमात पुरुष किन तर्सिए ? हुन सक्छ, महिलामाथि भएका जघन्य अपराध, अमानवीय र अन्यायपूर्ण व्यवहारको जानकारी उनीहरूको दिमागको चेतन वा अचेतन अवस्थामा रहेको हुँदो हो । अर्को कारण, महिलाले बोलेको सुन्ने अभ्यास उनीहरूसँग जन्म–जन्मदेखि नभएको हुन सक्छ ।

हामीले सार्वजनिक रूपमा बहसमा उठाएका विषयलाई क्षुद्र र तुच्छ ढंगले आक्रमण गर्ने पुरुष घरका महिलालाई कस्तो व्यवहार गर्लान् रु एकछिन उकुसमुकुस भएर सोच्ने गर्छु । हाम्रा बुबा, दाजुभाइ, श्रीमान्, छोरा, गुरु, साथी सबैलाई हामीले लेख्दा–बोल्दा कुनै आपत्ति हुँदैन, बाहिरका पुरुषलाई किन आपत्ति  ?

महिलाले सिंगो सामाजिक व्यवस्थाले आफूलाई युगौँदेखि गरिएको विभेदविरुद्ध बोलेका हुन्, कुनै व्यक्ति या पुरुषजातिमाथि बालेका होइनन् । पुरुष व्यवस्थाप्रतिको आक्रमण हो, पुरुषमाथिको होइन । पुरुषवादको झट्काले पुरुषको दृष्टिमा झड्का हानेर उनीहरूलाई एकपाटे बिरामी पारेको छ ।

०००
महिलावादले समाजमा, कानुनमा, धर्ममा आफ्नो स्थान खोजी गरिरहेका छन् । महिलावादले पुरुषमाथि हैकम जमाउने आवाजको खोजी गरेको होइन । आफ्नो शरीरमाथिको अपव्याख्यालाई अस्वीकार गरेका मात्र हुन् । महिलाका महिलाजन्य गुणमाथि गरिने दुव्र्यवहारविरुद्ध बोलेका हुन्, पुरुषविरुद्ध बोलेका होइनन् । महिलामाथि हुने गरेका र भएका अमानवीय कार्यलाई समाजबाट हटाउनुपर्र्छ भनेका हुन् । समाजबाट पुरुषलाई हटाउनुपर्छ भनेका होइनन् । पुरुषजस्तै महिला पनि मान्छे हुन् भनेका हुन् । अबदेखि महिला मात्र मान्छे हुन्, पुरुषलाई मान्छे भनिनु हुँदैन भनेका होइनन् ।

महिलाले आफ्ना कुरा गरिरहँदा, आफ्नो स्थानको खोजी गरिरहँदा केही जमात पुरुष किन तर्सिए ? हुन सक्छ, महिलामाथि भएका जघन्य अपराध, अमानवीय र अन्यायपूर्ण व्यवहारको जानकारी उनीहरूको दिमागको चेतन वा अचेतन अवस्थामा रहेको हुँदो हो । अर्को कारण, महिलाले बोलेको सुन्ने अभ्यास उनीहरूसँग जन्म–जन्मदेखि नभएको हुन सक्छ ।

पुरुषवादले महिलामाथि दोष लगाउँछ, जस्तैः सासू–बुहारी, सौता–सौता, सौतेनी–आमा इत्यादि । तर, सासू–बुहारीको नाताको केन्द्रमा पुरुष रहन्छ । सौता–सौताको केन्द्रमा पुरुष रहन्छ । तर, ती नाताको बीचमा आफू नभएको अभिनय गरेर पुरुष चोखो रहने कोसिस गर्छ । पुरुषवाद यस्ता अनेकन् अभिनय गरेर महान् र बुद्धिवालजस्तो देखिन प्रयत्नशील रहन्छ । पुरुषवाद स्वस्थ समाजका लागि हानिकारक साबित भएको छ । नयाँ पत्रिकाबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: