बालिका बलात्कारको आरोपमा तीन जना विरुद्ध उजुरी


प्रकाशित मिति :2019-06-26 11:30:29

–महिला खबर–

सिराहा । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा तीन जना विरुद्ध उजुरी दर्ता भएको छ । कर्जन्हा नपा–१ का १९ वर्षीय श्यामकुमार महरा, कर्जन्हा नपा–२ का २० वर्षीय वीरेन्द्र साह र २४ वर्षीय रञ्जितकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ९ गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितहरूले असार ८ गते बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाको असार ८ गते जिल्ला अस्पताल सिराहामा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।

आरोपित श्यामलाई असार ८ गते नै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको डीएसपी खनालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: