मेयर सा’ब कुलमानलाई चिन्नुहुन्छ ?


प्रकाशित मिति :2019-06-25 14:11:55

मेयर ज्यू, हामी तपाईंको समर्थनमा थियौं । तर यसको मतलब यो होईन कि, तपाई घोडा कुदाइ रहने र हामी मूकदर्शक भएर टुलुटुलु हेरिरहने । तपाईंको रबाफको सिलसिला यदि यसरी नै जारी भइरहने हो भने हामीले कसरी विश्वास राख्ने तपाई माथी ? तपाईं जस्तो देशको कर्मठ योद्धा, पूर्व शिक्षकले बोल्ने तरिका के यही हो त …?

उदाहरणको लागि जीविकोपार्जनको लागि हामी भैंसी पाल्छौँ । तर भैसीले मलमूत्र विसर्जनचाहिँ सधै अरुको बारीमा गर्छ भने हामीलाई के फाइदा ? दूध र मलमूत्रको लागी नै भैंसी पाल्ने हो । यदि सधैं यस्तै भयो भने आफ्नो बारीमा सागसब्जी कसरी फलाउने ?

५२ प्रतिशतको संख्या महिलाले ओगटेको देशमा तमाम महिला दिदीबहिनीकै भोटले जनप्रतिनिधि भई इटहरी उपमहानगरपालिकाको मेयर हुन सफल तपाईंले तिनै महिला दिदीबहिनीलाई महिलाकै कार्यक्रममा गएर ‘र…डी’ भन्ने ? ‘र….डी जिन्दावाद’ भन्न कहाँसम्म न्यायसंगत हो ? तपाईंलाई के अब त्यो अर्काको बारीमा गएर मलमूत्र विसर्जन गर्ने भैसीसंग तुलना गर्ने अवस्था आएकै हो त ? त्यसो भए एउटा कुरा याद राख्नुस्, तपाईंले महिला त हो ‘र…डी’ भनेको भन्दै गर्दा सम्पूर्ण महिला समेटिएका छन् । गएर सोध्नुहोस् आफ्नी आमा, श्रीमती, छोरी अनि बहिनीहरुलाई, तपाइकै शब्दमा ए ‘र…डी’हरु हो, के छ खबर भनेर ?

दाल बिक्री भएको छ ‘र…डी’ को कारणले ?

यो कुन प्रसङ्गमा भन्नुभयो म अन्योलमा छु । हरेक घरमा सधैंजसो खानामा दाल भात पाक्छ । कहिले दाल किन्न हजुरआमा जान्छिन्, कहिले आमा, कहिले १० सानी बहिनी । के उसो भए तपाइको भनाइ अनुसार त्यो दाल किन्न जाने नाबालक बहिनी, अनि ती बुढी हजुरआमा पनि ‘र…डी’ हुन् त मेयर साब ? कि तपाईंको भाषामा दाल खाने जति सबै ‘र…डी’ हुन ?

लिपस्टिक, अन्त्र–बस्त्र बिक्री भएको छ ‘र…डी’को कारणले ?

मेयरसाब लिपस्टिक र अन्त्र–बस्त्र आवश्यकता हुने र पहुँच अनुसार सारा नारीले लगाउछन् । के तिनिहरु सबै ‘र…डी’ हुन् त ? सायद तपाईंको परिवारका धेरै सदस्यहरु पनि लगाउनुहुन्छ होला लिपस्टिक र अन्त्र–बस्त्र । अब तपाई के भन्नुहुन्छ ? तपाईंको यस प्रकारको बोलीले सबै महिलालाई आघात पुगेको छ ।

कन्डम, पिल्स बिक्री भएको छ ‘र…डी’को कारणले ?

कन्डम र पिल्स परिवार नियोजनका अस्थायी साधन हुन् । सन्तानको चाहाना पुगेको र असुरक्षित यौन सम्पर्कबाट बच्नको लागी यी चिजहरु प्रयोग गरिन्छ । यहाँको भनाइ अनुसार के यस्ता साधन प्रयोग गर्ने बुवा–आमा, काका–काकी, मामा–माइजू, दिदी भिनाजु, दाई–भाउजु पनि ‘र…डी’कै दर्जाका हुन् त ? र अर्को कुरा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार नियोजनको साधन प्रयोग गर्नुहोस् भनेर ‘जनहितमा जारी सन्देश’ भन्छ । के यस्ता कार्यक्रम, प्रचार–प्रसार रेडियो, टीभी, पत्रपत्रिकामा बिज्ञापन गर्दै हिँड्नु मात्र ठिक हो । यो कुराको महत्व बुझेर सतर्कता अपनाएर कन्डम र पिल्स किन्नुचाहिँ ‘र…डी’ले गर्ने काम हो ? सरकारले कन्डम निःशुल्क बाँडिरहेको छ । अब यस्तो अवस्थामा ‘र…डी’ कसलाई भन्ने मेयरसाब ? के अब तपाई सरकारमाथी पनि प्रश्न उठाउनुहुन्छ ? जसरी प्रत्येक व्यक्तिको तौल तराजुले जोख्दा फरक–फरक हुन्छ त्यसरी नै मानिसको बानी र व्यबहार पनि फरक–फरक हुन्छ भन्ने कुरा मनन् होस यहाँलाई । होलान् केही त्यस्ता अनैतिक काम गर्नेहरु पनि । तर सबैलाई एउटै तराजुले जोख्न खोज्ने मेयर सा’बको शब्द चयन र बोली ‘….लाई भन्दा देख्नेलाई लाज भनेजस्तो’ हो ।

शब्द चयन खोई ?

‘मलाई आउदैन । म ठकुरीको छोरा हुँ र ? मलाइ राम्रो बोल्न आउदैन । म थारुको छोरा हुँ, के भनेको यस्तो ? ‘तपाई जस्तो जनप्रतिनिधि, जनताको भोटले विजयी भएको उपमहानगरपालिकाको मेयर जस्तो व्यक्तिले तिनै भोट दिने जनतासँग सभ्य, नम्र भएर बोल्न आउदैन ? भोट माग्ने बेला त खुबै नम्र हुनुभयो होला । त्यतिखेर राम्रो बोली र शब्द पनि निस्के होलान् । अहिले के भयो त ? राम्रो बोल्न आउदैन भने सिक्नुस, कम बोल्नुस । तर जथाभावी नबोल्नुहोस् । तपाईंको बोली नै तपाईंको लागि गलपासो भाको छ ।

कुलमान घिसिङलाई तपाइ पनि चिन्नुहुन्छ होला । उनी त ठकुरीका छोरा होइनन्, तामाङ (लामा) हुन् । कति शिष्ट र सभ्य भाषामा बोल्छन् । यदि तपाइकै तरिकाले लिङ्ग र योनीलाई पनि ठाडो भाषामा बोल्दै हिँड्यो भने समाजले त के तपाईं स्वयंले पचाउनुहोला त ?सभ्य भाषा बोल्न ठकुरीलाई मात्रै आउँछ भन्ने सोच कहाँसम्मको संकिर्ण हो ? कोही खास जाती, क्षेत्र र लिंगको हुँदैमा उसलाई राम्रो नराम्रो गर्न आउने नआउने भन्ने हुँदैन । राम्रो बोली र व्यवहार भनेको मान्छेको संस्कार र विवेकले निर्धारण गर्ने कुरा हुन् ।

स्मरण रहोस् केही समय पहिले तत्कालीन कानूनमन्त्री शेर बहादुर तामाङले अपाच्य शब्द प्रयोग गरेकोमा पदबाट राजीनामा दिएका थिए । तपाईंचै आफ्नो गल्ती स्विकार्न नसक्ने ? तपाईंलाई २९ पटक ‘र…डी,’ र ‘र…डी जिन्दावाद’ भन्न कसले छुट दियो ? तपाईंले महिला दिदीबहिनी भएकै कार्यक्रममा त यसरी जथाभावी बोल्नुहुन्छ भने, महिला विरुद्ध पर्दा पछाडि तपाईंका गतिविधी कस्ता होलान् ? सोचनीय विषय भएको छ ।

त्रीयुगा २, उदपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: