नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि


प्रकाशित मिति :2019-06-25 12:00:34

–महिला खबर–

ललितपुर । नेपालकी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘हार्वर्ड हिरो २०१९’ को उपाधि हात पारेकी छन् ।

विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने ‘हार्वर्ड हिरो’ प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली हुन् । हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् । उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवोले सबै हार्वर्ड हिरोहरूलाई सम्मान तथा धन्यबाद दिँदै रात्री भोजको आयोजना गरेका थिए ।

काठमाडौं बत्तीसपुतली निबासी बुवा जनकमान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान उनी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन् ।

सन् २०१३ मा जोन्सन एंड वेल्स विश्वविद्यालय रोडआइलैंडबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्दछिन् ।

हार्वर्ड पढ्ने सपना पूरा नभए पनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा असीमित खुसी मिलेको उनले सुनाउइन् । ‘सबैको सपनाको विश्वविद्यालय रहेको हार्वर्डले प्रदान गरेको उपाधि पाउनु मेरो लागि मात्र नभएर सबै नेपालीका लागि खुसीको कुरा हो’– उनले भनिन् ।

पढ्नका लागि र अमेरिकामा टिक्नका लागि आपूmले गरेको संघर्ष र मिहेनतको फल मिलेको सन्तोषीले सुनाइन् । उनले भनिन् ‘बाहिरबाट हेर्दा र सुन्दा अमेरिकाबारे जुन धारणा बन्छ, त्यो यहाँ आइसकेपछि फरक हुन्छ । यस्तोमा कडा मेहनत र संघर्ष गर्न नसक्ने व्यक्ति टिक्न सक्दैन । म आफूलाई त्यस अर्थमा भाग्यमानी ठान्दछु ।’

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग, पूर्वअमेरिकी रास्ट्रपति बराक ओबामा, जर्ज बुशदेखि राजा बिरेन्द्र लगायत संसारका ख्याति प्राप्त व्यक्तिहरूले पठन पाठन गरेको विश्वविद्यालय हार्वर्ड हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: