शितलका हत्यारालाई थुनामा राख्न आदेश


प्रकाशित मिति :2019-06-25 11:46:12

पाँचथर । पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ पञ्चमीकी १५ वर्षीया किशोरी शितल योङहाङको हत्यामा सम्लग्नहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गत बैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. २ का पदम गोले तामाङ, भगीरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतले जनाएको छ ।

शितल योङहाङ

प्रत्यक्ष संलग्न नभए पनि पदम र भगीरथलाई पदमकै काका कर्ण तामाङले हत्यामा सहयोग पु¥याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत आइतबारदेखि जिल्ला अदालतमा चलेको बयान सकिएसँगै अदालतले बिहीवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाँचथर प्रहरीका अनुशार उनीहरूलाई विहीवार नै पाँचथर कारागार चलान गरिएको छ ।

हिलिहाङ गाउँपालिका वडा नं. ४ स्थित सिद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत योङहाङको उनका पूर्व प्रेमी पदम तामाङले बाँस्तोलाको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

तामाङसँग मोवाइल सेट र सीमकार्ड साटेकी योङहाङलाई उक्त सामाग्री फिर्ता गर्न एकान्तमा बोलाई उनीहरूले हत्या गरेका थिए । आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीको भनाई छ ।

हत्यामा संलग्न बाँस्तोला बैशाख ३० गते फिदिमबाट पक्राउ परेका थिए । हत्यामा सहयोग पु¥याउने कर्ण घटना भएको नौ दिन पछि फिदिमबाटै पक्राउ परेका थिए । कर्णले हत्यामा संलग्न भएका दुई जनालाई गाडी भाडा दिएर सहयोग गरेको प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।

हत्याका मुख्य योजनाकार पदम भने २१ दिनसम्म फरार रहेका थिए । उनलाई प्रहरीले जेठ १८ गते झापाको दमकबाट पक्राउ गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना

सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: