हावाहुरी प्रभावित हिमसरालाई सहयोग


प्रकाशित मिति :2019-06-24 11:51:28

–महिला खबर–

ललितपुर । गोदावरी चेम्बर अफ कर्मशले हावाहुरीबाट घरवारविहीन बनेकी एकल महिला हिमसरा बि.कलाई सहयोग गरेको छ । हावाहुरीका कारण हिमसराको परिवार बिचल्लीमा परेको खबर प्राप्त गरेपछि उनलाई खान र बस्नका लागि चेम्बर अफ कर्मशले सहयोग गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीकी हिमसरा जेठ २३ गतेको हावाहुरीले घर भत्काएपछि घरबारविहीन बनेकी थिइन् । स–साना ४ छोरा र १ छोरीकी आमा उनी माइतीले दिएको एक कठ्ठा जमिनमा सानो कच्ची घर बनाएर बस्दै आएकी थिइन् ।

हिमसराको दुःख देखेर उनलाई बस्नका लागि २ कोठे ट्रष्ट बनाउन लागेको गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्ल बिप्लभले जानकारी दिए । उनले यसका लागि नेपाल चेम्बर अफ कर्मशको तर्फवाट ५० हजार रुपैँया समेत सहयोग भएको र बाँकी सबै खर्च गोदावरी चेम्बर अफ कर्मशले ब्यहोर्ने बताए ।

चेम्बर अफ कर्मशका पदाधिकारीहरुले गएको शुक्रबार ट्रष्ट बनाउनका लागि चाहिने आवश्यक सामाग्रीसंगै चामल, दाल, नुन, तेल लगायत खाद्य सामाग्री, ओढ्ने, बिछ्याउने बिस्तरा र खाना पकाउन चाहिने भाँडाकुँडा हिमसरालाई हस्तान्तरण गरेको पनि अध्यक्ष मल्लले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुकुम घटनाः बिर्सिएकी एक किशोरी

-मञ्जु मिश्र- ‘त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्‍यो

दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

–महिला खबर– रेखादेवीका दाइ रोशनका अनुसार २० लाख खर्चेर गरिएको विवाहमा खेत बेचेर ११ लाख दाइजो

पश्चिम रुकुम घटनाको अध्ययन गर्न छानबिन समिति गठन

ललितपुर । सरकारले पश्चिम रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

मर्यादित महिनावारी सम्बन्धमा वेबिनार

मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिलसमेत गरेको छ ।

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: