बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2019-06-24 11:34:11

–महिला खबर–

ललितपुर । कैलालीकी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का कुट्टु चौधरी पक्राउ परेका हुन् । रातीको समयमा बालिकालाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले किशोरीको सेती अस्पतालमा उपचार भईरहेको बताए ।
घर नजिकै खेलीरहेको अवस्थामा बालिकालाई अपहरण गरी मोटरसाईकलमा राखेर धनगढी उप– महानगरपालिका वडा नम्वर ७ स्थित पटेलाको जंगलमा लगेको र हातखुट्टा समाती पालैपालो जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित भाग्दै गाउँ नजिकै पुग्दासमेत तीनै जनाले कसैलालई धने ज्यान मारिदिने धम्की दिएको समेत प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले घटना बारे प्रहरीमा जानकारी गराए पश्चात तत्काल प्रहरी टोली परिचालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुकुम घटनाः बिर्सिएकी एक किशोरी

-मञ्जु मिश्र- ‘त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्‍यो

दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

–महिला खबर– रेखादेवीका दाइ रोशनका अनुसार २० लाख खर्चेर गरिएको विवाहमा खेत बेचेर ११ लाख दाइजो

पश्चिम रुकुम घटनाको अध्ययन गर्न छानबिन समिति गठन

ललितपुर । सरकारले पश्चिम रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

मर्यादित महिनावारी सम्बन्धमा वेबिनार

मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिलसमेत गरेको छ ।

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: