सुजाताको हत्यामा संलग्न पक्राउ


प्रकाशित मिति :2019-06-21 17:23:54

पाँचथर । पाँचथरको गोपेटारस्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् ।

जिला प्रहरी कार्यालय पाँचथरका प्रमूख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ ६ का १९ वर्षीय अस्मीन भनिने घनेन्द्र लावतीलाई बिहीबार साँझ ८ बजे पक्राउ गरेको हो । उनलाई हिलिहाङमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि फरारको खोज तलास गर्ने क्रममा प्रहरीले लावतीको साथबाट लुटिएको ८१ हजार ७० र हत्यामा प्रयोग भएको खुकरी पनि बरामद गरेको छ ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालनपछि व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

उनले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीले जनाएको छ ।

इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीया तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटार पाँचथरमा सहायक कर्मचारीको रुपमा कार्यरत थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालबालिकाहरु यसरी सृजनशील हुँदै

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

गण्डकी प्रदेश भगवती न्यौपाने विजयी

-महिला खबर- पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती

प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला

रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले

बलविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: