शब्दले गिरायो मेयर सा’बको साख


प्रकाशित मिति :2019-06-20 12:22:53

केही साता यता अत्याधिक चर्चाको शिखरमा रहेका सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई पछिल्लो समय भ्रष्टाचारबिरोधी अभियन्ताको नायकका रुपमा प्रस्तुत गरियो । कर्मचारीलाई भ्रष्टाचारको आरोप लगाएर निकालेपछि पत्रकारलाई प्रश्न सोध्दा लोप्पा खुवाउनेदेखि नाकको डाँडी भाँच्नेसम्मको धम्की दिएका कारण उनको चर्चा चुलिएको थियो ।

केही दिनको बिचमा उनी सेलिब्रेटी नै भए । उनी सेलिब्रेटी हुनुको एउटै कारण थियो–भ्रष्टाचारबिरुद्धको अभियान । उनको अभियानमा देश तथा बिदेशबाट सबैले साथ समेत दिए । सोमबार ईटहरीमा बृहत कार्यक्रम समेत आयोजना गरियो । नेपालमा चलेका मिडियाहरूमा अन्र्तबार्ता र उनको हक्की स्वभावका धेरै फ्यान भए । उनलाई उक्साउनेको संख्याको कुरै नगरौँ । तर अचानक बुधबार बिहान ईटहरीको लबिपुरमा पुगेर उनले बोलेको निच शब्दले उनका लाखौं शुभचिन्तकहरुको शिर झुकेको छ । देशका ५२ प्रतिशतको संख्यामा रहेका महिला मात्रै होइन, सिंगो समाजको अपमान भएको छ । यो मेयरले बोल्ने भाषा र शब्द पटक्कै हुँदै होईन । अझ भनौं एउटा सभ्य व्यक्तिले बोल्ने भाषा नै होइन ।

नरेन्द्र बस्नेत

सुनसरीको ईटहरीस्थित लबिपुर क्षेत्रमा बढ्दो यौन व्यवसाय रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर चौधरीले र…डी (अपाच्य शब्द) जिन्दाबाद भन्ने शब्दलाई बारम्बार दोहो¥याएपछि कार्यक्रममा उपस्थितले अप्ठयारो महशुस मात्र गरेनन्, असहज महशुस गरे । उनले ‘यहाँ र…डी (अपाच्य शब्द) कारण कस्मेटिक पसल चल्दोरैछ, घरभाडा पनि चल्दो रैछ, दबाई दोकान पनि चल्दो रैछ,’ उनले थपे, ‘मनोरन्जन गर्न र…डी (अपाच्य शब्द) चाइया छ । घरभाडा लगाउन र…डी (अपाच्य शब्द) चाइया छ । कण्डम बेच्न र…डी (अपाच्य शब्द) चाइया छ । पिल्स बेच्न र…डी (अपाच्य शब्द)चाइया छ । र…डी (अपाच्य शब्द) जिन्दाबाद ।’ उनले बारम्बार र…डी शब्द उच्चारण गर्दै जिन्दाबाद भनेपछि त्यहाँ रहेका महिलाहरूले लाज र अपमानले शिर निहुराएका थिए ।

भलै मेयरले भनेको कुरा सही होला, त्यहाँको ब्यापार ब्यबसाय त्यसरी नै चलेको होला । तर पनि नगरपिता जस्तो मान्छेले यस्तो चुत्थो शब्द प्रयोग गरिनुले उनको नैतिकतामाथि नै प्रश्न उठाउने बेला भएको छ । उनको त्यो शब्दले सबै महिलाको अपमान भएको छ । यस्ता स्तरहिन शब्द बोल्न उनलाई कस्ले उक्सायो ? या उनी आफै बोले, त्यो उनी आफै जानुन् ।

यही भाषा र विषयलाई सभ्य तरिकाले भनेको भए उनको हाईट अझै बढ्थ्यो । उनकै क्षेत्रमा फस्टाएको यौन व्यवसायको जिम्मेवार आँखिर को त ? के यौन व्यवसाय महिला एक्लैका कारण चल्छ ? उनले भनेको जस्तो महिलालाई र……डी बनाउने को हुन् ? उनैजस्ता दुईखुट्टे पुरुष होइनन् ? ओठमा लिपिस्टक घसे÷नघसेकी र……डीका ग्राहक को हुन् ? ग्राहक त पुरुषै होइनन् र ? कि ग्राहक पनि महिला नै हुन् भन्ने लाग्छ उहाँलाई ? पैसा तिरेर महिलाको शरीर भोग गर्ने पुरुषचाहिँ सज्जन, ईमान्दार ! अनि महिलाचाहिँ र…डी ?

मेयर सा’ब तपाई बहादुर हो, इज्जतदार हो भने तपाईको क्षेत्रलाई यौन व्यवसाय मुक्त बनाउनुस् । त्यसका लागि पेट पाल्न, छोराछोरी हुर्काउन शरीर बेच्ने महिलाको अपमान गरेर मात्रै हुन्न, उनीहरूलाई त्यस्तो अपमानित कामबाट मुक्ति दिलाउनुस् । वैकल्पिक कामको ग्यारेन्टी गर्नुस् । हो, बरु तपाईजस्तो पहुँच र पाखुरा भएको मान्छेले त महिलालाई र…..डी बनाउने पुरुषको पहिचान पो गर्नु पर्ने हो त । कसका कारण महिला यस्तो काम गर्न बाध्य भइन् ? रहरले या कहरले, छुट्याउनुस् । हो, बरु तपाईका शुभचिन्तक र अन्धभक्तहरूको सहयोगले त्यस्ता महिलाका ग्राहकको पिछा गर्नुस् । समात्नुस् । सार्वजनिक ठाउँमा ल्याएर सामाजिक कार्वाही गर्नुस् । यदि यसो गर्न सक्नु हुन्न भने नेपालको कानूनले नै अपराध मानेको यौन व्यवसाय रोकथामका लागि कानूनी रुपमै प्रयास गर्नुस् । दुई चार जना बाध्यात्मक यौन पेसा गर्ने महिलाहरूलाई बल मुड्की प्रहार गर्नु भन्दा राम्रो त्यस्ता महिलासँग कुनै पनि पुरुषलाई जाने बाटाहरू बन्द गरिदिनुस् । ग्राहक नै नभएपछि त पसल चल्दैनन् होला नि ! त्यसो गर्दा टन्टा साफ ।

र अन्तमा सानो कुरामा विवेक नपुर्याउदा मेयर सा’बको साख आफै घटेको छ । मेयर साब अरुको कुरा पनि सुन्ने हिम्मत छ भने कृपया यो शब्द फिर्ता लिनुस् र माफी माग्नुस् । त्यसो गर्नु भनेको तपाईंका आमा, श्रीमती र छोरीहरूको पनि सम्मान गर्नु हो । हामी सदैब तपाईको उन्नति र प्रगति चाहान्छौँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: