पहिचान र ‘ब्युटी शेमिङ’


प्रकाशित मिति :2019-06-18 13:04:29

केही समयअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीको भिडियो क्लिपले सामाजिक सञ्जाल बेस्कन तताइरहँदा मेरो ध्यान भने त्यही अडिसनकी अर्की प्रतियोगीतिर खिचियो । किशोरावस्थादेखि आफ्नै रूप मन नपराउँदै आएकी उनी साथीसंगीसरह सुन्दर नदेखिएकामा निकै निराश रहिछन् ।

अनुहारको बनोट (ठूलो नाक र गालाको हाड) विज्ञापन र फिल्ममा देखाइएका युवतीहरूको जस्तो नभएकामा हीनताबोध गरिरहेकी उनले आफूजस्तै देखिने युवतीहरूको प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा विजेता बनी आत्मविश्वास बढाउन चाहेको रहस्य खुलाइन् । आफ्नो सोचमाथि फरक शैलीमा प्रस्तुत भएको निर्णायक मण्डललाई उनले समग्र नेपाली मिडियामा आफ्नो जस्तो अनुहारले कति स्थान पाएको छ त भन्दै जवाफमार्फत नै झापड हानिन् ।

अन्यत्र झैं नेपाली समाजमा पनि महिलाको बाह्य सुन्दरतालाई विशेष स्थान दिइन्छ । केही समुदायले छुट्टै सुन्दरताको मानक ९ब्युटी
स्ट्यान्डर्ड० बनाएका छन् । त्यसै बमोजिम जब कुनै महिला, विशेष गरी युवतीलाई, अयोग्य ठहर्‍याइन्छ, यसको मुख्य असर तिनको सांस्कृतिक–सामाजिक व्यवहारमा पर्ने गर्छ ।

साङमो योन्जन तामाङ

नमिलेको ठानिएको अनुहारप्रति तिनले प्रत्यक्ष–अप्रत्यक्ष नकारात्मक प्रतिक्रिया पाउने गरेकी हुन्छिन् भने कतिपय अवस्थामा तिनलाई लज्जाबोध पनि हुन्छ । तिनले रूपकै आधारमा होच्याउने व्यवहारको सामना गरिरहनुपरेको हुन्छ । यसरी उनी ‘ब्युटी शेमिङ’ को सिकार हुन्छिन् । बाहिरी शारीरिक आवरण ९फिजिकल अपिरियन्स० लाई सुन्दरतासंँग जोडेर गिज्याउनु वा अपहेलना गर्नु नै ‘ब्युटी शेमिङ’ हो ।

समाज, सुन्दरता र ‘ब्युटी शेमिङ’

‘तिम्रा आँखाले कतिसम्म देख्छन् रु हामीसरह नै देख्न सक्छन् रु’ तथाकथित मूलधारको सौन्दर्य मापदण्डमा नपरेका ती समुदायका युवतीले एक न एक पटक यस्तो प्रश्नको सामना गरेकै हुन्छन् । अज्ञानताले नभई मजाककै रूपमा यसरी उनीहरूको प्राकृतिक रूपमा हाँसो गरिन्छ ।

काला वर्णका महिलाहरूलाई सुन्दरीको कोटिमा राख्न त्यो समाज अनकनाएको देखिन्छ, वजन र उचाइकै आधारमा गरिने अनेक टीकाटिप्पणी खपिनसक्नु हुन्छन् । अझ विभिन्न आपत्तिजनक विशेषणयुक्त सम्बोधनले उनीहरूलाई लाजमर्दो बनाइदिन्छन् । यस्तो प्रतिक्रिया जनाउनु ‘ब्युटी शेमिङ’ गर्नु हो । यस्तो हाँसोको सिकार मूलतः टिबेटो बर्मन आकृति (मूलधार बाहिर) भएका युवतीहरू हुने गरेका छन् । बाहिरी आवरणकै आधारमा कसैलाई अपमानित गर्नु र क्षमतामाथि प्रश्न गर्नु पनि विभेद हो ।

‘तिम्रा कोही सन्तानचाहिँ कस्तो सर्लक्क परेका छन् है ! हामीजस्तै देखिन्छन् ।’ बेलाबखत मेरी आमालाई समाजका केही सदस्यबाट यस्तो प्रतिक्रिया आउने गर्छ, जसले आमालाई यो प्रशंसा हो वा अपमान ठम्याउनै नसक्ने गरी अक्क न बक्क बनाइदिने गरेको छ । ‘युरो सेन्ट्रिक फिचर’ भएका गोरा जातिलाई जसरी शताब्दियौंदेखि सुन्दरताको परिभाषामा पारियो, त्यस्तै स्थिति नेपालमा पनि विकास भइरहेको छ ।

प्रत्येक समुदायमा सौन्दर्य मापनको आआफ्नै प्रचलन हुन्छ, सुन्दर–असुन्दर अनुहारको परिभाषा पनि हुन्छ । तर, हामीकहाँ इतर समुदायबाट सुन्दरताको यस्तो मानक बनाइयो, परिभाषा नै उल्टियो । इन्डोआर्यन आकृति नै ठीक भन्ने मानसिकता विकसित गराइयो । यसले गर्दा आफ्नै रूपप्रति हीनताबोधसंँगै आत्मविश्वासमा कमी जस्ता मनोवैज्ञानिक असर त छँदै छन्,आफ्नो संस्कृति, समुदाय र पहिचानप्रति नै वितृष्णा जागेका युवा पुस्ताको जमात पनि बढेको बढ्यै छ । असमानता र असमावेशी राज्य व्यवस्थाले तिनको सुन्दरतालाई अस्वीकार गरेको नतिजा हो यो ।

कुनै पनि व्यक्ति वा समुदायमा सामाजिकीकरणको महत्त्वपूर्ण भूमिका हुन्छ । सामाजिक परिवेश र त्यसमा हुने अन्तरक्रियाले उनीहरूमा ठूलै प्रभाव पारेको हुन्छ । सामाजिकीकरणको प्रक्रियामा जसरी पितृसत्तात्मक सोच, व्यवहार र जरैसम्म गाडिएको लैंगिक मूल्य–मान्यताले महिलालाई विभेदमा पार्‍यो, त्यसरी नै नेपाली समाजमा नारीको सौन्दर्यको मानकले विभेद स्थापित गर्‍यो । नेपाली समाजले निश्चित अनुहारलाई ‘ब्युटी आइडल’ मान्ने गरेको छ, जसमा विविध वर्ण, आकार, जाति, समुदायका महिलालाई समावेश गरिएको छैन ।

मैले माथि उल्लेख गरेका महिलाहरू तिनै मूलधारका सुन्दरीको जमातमा नअटाएका नयाँ पुस्ता हुन्, जसको सामाजिकीकरण यसरी नै भयो र भइरहेको छ । उनीहरूले बाल्यकालदेखि नै आफू वरिपरिको वातावरणमा आफ्नो मौलिक ९प्राकृतिक० रूपलाई सुन्दरताको संज्ञा दिएको कहिल्यै पाएनन् ।

यसले उनीहरूको मस्तिष्कमा नकारात्मक छाप पार्‍यो, आफू जन्मिएको समुदायप्रति घृणासमेत जगायो । मिडियाले महिलालाई कमजोर, सहनशील, घरको काममा मात्र सीमित देखाएजसरी नै सौन्दर्यलाई लिएर पनि सधैं एउटै खालको ‘ब्युटी पर्फेक्सनिस्ट’ देखाउँदै आएको छ । यसको असर तिनै महिलामा पर्ने गर्छ, जो त्यस्तै कुरा हेर्दैै हुर्किन्छन् ।

समाजको यस्तो दबाब झेल्न नसकेपछि ती युवतीहरू सम्भवै नहुने ‘ब्युटी स्ट्यान्डर्ड’ मा अटाउन प्रयासरत हुन्छन् । ‘ब्युटी शेमिङ’ बाट बच्न उनीहरू जानी–नजानी आफ्नो अनुहारको प्राकृतिक स्वरूप नै परिवर्तन गरी कृत्रिमतामा रमाउन खोजिरहेका हुन्छन् । ठूला आँखा, बाक्ला परेला, सीधा नाक, ‘डिभाइन्ड चिकबोन’ र गोरो वर्ण बनाउन उनीहरू सौन्दर्य प्रसाधनको प्रयोगमा लालायित देखिन्छन् । समाजले सबै खाले सौन्दर्यलाई समान व्यवहार नगर्नुको परिणाम हो यो ।

पश्चिमा समाजमा, विशेष गरी अफ्रिकी समाजमा व्यापक रूपमा ‘ब्युटी शेमिङ’ हुने गरेको छ । कालो छाला, ठूला आठ, घुम्रेको ‘ड्रेडलग’ कपालका कारण उनीहरूमा विभेदित मानसिकता भएको पाइन्छ । अमेरिकामा काला जातिको कपालप्रतिको विभेद अमेरिकाजति नै पुरानो छ । रङ्गभेदको उन्मूलनपश्चात् पनि सीधा कपाल सामाजिक र पेसागत अवसरहरूका लागि अपरिहार्यप्रायः रहिआएको छ । अहिले पनि कतिपय कार्यालयमा काला महिलाले कपाल सीधा बनाउनुपर्ने वा नक्कली कपाल (विग) लगाउनुपर्ने बाध्यता रहेको अध्ययनहरूले देखाएका छन् ।

काला जातिका महिलाले शृङ्गार गरी अनुहारको स्वरूप बदलेर दमनलाई ‘इन्टर्नलाइज’ गरेको र गोरो नारीवादलाई आदर्श मानेको काला अभियन्ताहरू तर्क गर्छन् । ‘युरोसेन्ट्रिक ब्युटी’ बाट उन्मुक्ति पाउन नसकेको पनि उनीहरू बताउने गर्छन् ।

ओस्कार विजेता अभिनेत्री, केन्याली मेक्सिकन मूलकी लुपिता नियोङ्गोले आफ्नो त्यस्तो भोगाइबारे खुलेर बताउने गरेकी छन् । एउटा म्यागजिनको आवरणमा आफ्नो कपाललाई फोटोग्राफरले भिन्न बनाइदिएकामा उनले आपत्ति जनाइन् । केही ढिलै भए पनि ती फोटोग्राफरले लुपितासँग माफी मागे ।

काला जातिका महिलाले शृङ्गार गरी अनुहारको स्वरूप बदलेर दमनलाई ‘इन्टर्नलाइज’ गरेको र गोरो नारीवादलाई आदर्श मानेको काला अभियन्ताहरू तर्क गर्छन् । ‘युरोसेन्ट्रिक ब्युटी’ बाट उन्मुक्ति पाउन नसकेको पनि उनीहरू बताउने गर्छन् ।

बहस आवश्यक

अहिले सुन्दरताको अवधारणामाथि विभिन्न खाले विमर्श चलिरहेका छन् । यसले निम्त्याएको विभेदको आलोचना गर्दैगर्दा ‘सबै मानिस सुन्दर हुन्छन्’ (एभ्री पर्सन इज ब्युटिफुल) भन्ने धारणा जनमानसमा राम्रोसँंग पुगिनसकेकाले उक्त भनाइ नै गलत भएको टिप्पणी पनि सुरु भएको छ ।

विभेद र दमनको लामो इतिहास बोकेको समाजमा यस्ता सवालले महत्त्वपूर्ण अर्थ राख्ने गर्छन् । नेपाली समाज सुन्दरताको सवालमा विभेदपूर्ण नै छ । पुँजीवादी व्यवस्था, वर्चस्वधारी र व्यापारिक शक्तिहरूले सुन्दरताको सही प्रतिनिधित्व गरेनन् । दशकौंदेखि तिनले आफू अनुकूल सुन्दरता मात्र प्रस्तुत गरे, सुन्दरताको वस्तुकरण र बजारीकरण गरे ।

हाम्रो देशमा ठूलठूला राजनीतिक–सांस्कृतिक परिवर्तनसंँगै महिला आन्दोलन उत्कर्षमा पुग्दासमेत ‘ब्युटी शेमिङ’ को उठान नहुनु, या भनौं पहिचानै हुन नसक्नु, दुःखद हो । अहिलेको बदलिँदो राजनीतिक परिवेशमा समावेशिताको अवधारणालाई आत्मसात् गर्दै विविधताभित्रै सुन्दरतालाई सही ढङ्गले प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ । नेपालको विभेदपूर्ण दमित–शोषित ‘ब्युटी स्ट्यान्डर्ड’ ले विविधतालाई सम्मान गर्न सक्नुपर्छ, त्यो जुनसुकै आकार, बनोट, वर्ण, जाति वा समुदायको किन नहोस् ।

मानसिकता परिवर्तन सहज त हुन्न, तर शान्तिपूर्ण वा द्वन्द्वरहित समाज निर्माणका लागियो आवश्यक छ । महिलाको सुन्दरताको विविधतालाई सही तरिकाले प्रस्तुत गर्न चुकेका मिडियाले सबै प्रकारको सुन्दरतालाई अङ्कमाल गरी सम्मान गर्नुपर्छ । कान्तिपुरबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: