नियात्रा लेखनमा महिला योगदान बारे छलफल


प्रकाशित मिति :2019-06-15 15:57:30

ललितपुर । नियात्रा लेखनमा महिला उपस्थिति र योगदान विषयमा छलफल भएको छ । नियात्रा समाज नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नियात्रा र महिला लेखन सम्बन्धमा चर्चा गरिएको हो ।

कार्यक्रममा डा. गीता त्रिपाठीले नियात्रा लेखनमा महिलाको उपस्थितिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

उनले नियात्राकार रञ्जुश्री पराजुलीद्धारा लिखित “विदेशमा बिताएका केही वर्ष” (२०४१) नै महिलाले लेखेको पहिलो नियात्रा कृति भएको उल्लेख गरिन् । महिला नियात्राकारका लेखनमा पाइने विभिन्न प्रवृतिगत योगदानका बारेमा चर्चा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नियात्रा प्रकाशन हुने कुरामा आशावादी रहेको बताइन् ।

कार्यपत्रमाथि निबन्धका अन्वेषक तथा समालोचक प्रमोद प्रधानले टिप्पणी गरेका थिए । प्रधानले केही छुटेका निबन्ध कृतिहरुको उल्लेख गर्दै विदेश भ्रमणमा आधारित महिलाका कृति प्रशस्त प्रकाशन भएपनि स्वदेश भ्रमणका कृति प्रकाशनमा पनि जोड दिनु पर्ने कुरा उल्लेख गरे ।

अन्य सहभागी नियात्राकारहरुले पनि नियात्रा समाज नेपालले यस्तै ऊर्जाशील कार्यक्रममा जोड दिनु पर्ने र आगामी दिनमा भ्रमण क्रियाकलापको अगुवाई गरिदिन पनि आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

–महिला खबर– कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ

कमैया मुक्तिका १९ वर्ष

–महिला खबर– ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: