छोरी जन्मिए महिनामा एक सय भत्ता


प्रकाशित मिति :2019-06-12 14:13:36

ललितपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ ।

उपमहानगरपालिकाले यही नीति अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उपमहानगर प्रमुख पाण्डेका अनुसार आगामी नीति तथा कार्यक्रममा बालविवाह रोक्नका लागि छोरीहरुलाई भत्ता दिने निर्णय गरिएको हो ।

जन्मने हरेक छोरीको नाममा बैंकमा खाता खोलिनेछ र त्यहाँ हरेक महिना एक सय रुपैँया जम्मा गरिनेछ । २० वर्षसम्म लगातार पैसा जम्मा हुनेछ । २० वर्षअगाडि कसैले विवाह गरेको पाइएमा उक्त पैसा उपमहानगरको खातामा नै जम्मा हुनेछ ।

नगरप्रमुख पाण्डेले बालविवाहलाई कानूनले रोके पनि व्यवहारमा नरोकिएका कारण बालविवाह न्यूनीकरणका लागि यस्तो कार्यक्रम ल्याउनु परेको बताए । उनले यस प्रकारको कार्यक्रम अपेक्षित रुपमा सफल हुने पनि बताए ।

उपमहानगरले आगामी साउन १ गतेदेखि जन्मने हरेक बालिकाको नाममा बैंक खाता खोलेर यस्तो रकम जम्मा गर्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: