हावाहुरीमा ज्यान गुमाएका परिवारलाई डेढ लाख राहत


प्रकाशित मिति :2019-06-09 15:54:49

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले बिहीबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै हावाहुरीले घरमा पूर्ण क्षती पुगेका परिवारलाई क्षतीपूर्ती स्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षती भएका परिवारलाई १० हजार रुपैयाँ राहत स्वरुप दिने निर्णय भएको शाहले बताए।

यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतीको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धीत मन्त्रालयले राहात वितरण गर्ने निर्णय भएको छ भने विभिन्न संघसंस्थाबाट आउने राहात मुख्यमन्त्री राहात कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ।

बिहीबार कैलाली र कञ्चनपुरमा हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए ।

विपद्को यो बेलामा प्रभावितको सहयोगार्थ मुख्यमन्त्री राहत, उद्धार कोषमा सहयोग रकम जम्मा गर्नका लागि पनि प्रदेश सरकारले सबैलाई आह्वान गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: