सार्की बालकले पार्कीको कुवा छुँदा विवाद, एक महिला घाइते


प्रकाशित मिति :2019-06-07 17:41:32

–महिला खबर–

बैतडी । ११ वर्षीय बालकले कुवा छोएको विषयमा दलितभित्रै कुटाकुट हुँदा एक जना महिला घाईते भएकी छन् ।

दोगडाकेदार गाउँपालिका ८ कलागाउँकी तुलसी सार्कीका ११ वर्षीय छोरा नविन सार्कीले पार्की (विश्वकर्मा) को कुवामा पानी खाएको विषयमा झगडा भएको हो ।

तुलसी र सीताको परिवारबीच विवाद हुँदा सीता पार्कीले हँसिया प्रहार गरेपछि तुलसी सार्की घाईते भएकी छन् ।

खेतमा धानको विउ छर्न गएका बेला सार्की परिवारका बालक नविनले पार्कीहरुको कुवामा पानी खाएपछि विवाद भएको हो ।

कुवा छोएको भन्दै पिटेपछि विवाद हुँदा सीता पार्कीले हँसिया प्रहार गरी घाइते बनाएको तुलसी सार्कीले बताइन् ।

घाईते तुलसी सार्कीले स्थानीय खोचलेक प्रहरी चौकीमा उजुरी दिएकको बताइन् ।

भाउजुको साथमा उजुरी दिन खोचलेक प्रहरी चौकी पुगेका घाईते तुलसी सार्कीका देवर शंकर सार्कीले गाउँमा दलितहरुको अलग–अलग कुवा रहेको बताए ।

सीता पार्कीका श्रीमान भरत पार्कीले पानी नखाउ नभनेको जिकिर गरे । उनले भने, ‘पानी नखाउ भनेको होईन, फोहोर नगर्नु भनेको हो । आजभोली हामी त्यो जातीले पकाएको समेत खाना खान्छौं । त्यस्तो केही होईन । मेरो परिवार अलि अलि धामी झाक्री पनि भएकोले कुवा फोहोर नगर्न भन्दा विवाद भएको हो’ भरत पार्कीले भने ।

पीडित परिवार प्रहरी चौकीमा निवेदन दिन आएको स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज दशरथ भट्टराईले जानकारी दिए । ‘घटना सामान्य हो । चौकीमा मिलापत्र हुन सकेन । चुरा फुटेर सामान्य चोट लागेकोले तुलसी सार्कीले अस्पताल जाने कुरा गरेपछि दुबै पक्ष अस्पताल गएका छन्’ चौकी ईन्चार्ज भट्टराईले भने ।

दोगडाकेदार गाउँपालिकाका सामाजसेवी भुवन कार्कीले जातीय सिहाबले नै घटना घटेको बताए । ‘दलितभित्रै होस् या गैर दलितभित्र सामाजिक रुपमा यो कलंक नै हो । दोषीलाई कारबाही हुनुपर्छ’ भुवनले भने ।

कुवा छोएकोे विषयमा कुटपिट हुँदा घाईने भएकी तुलसी सार्की ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: