अटिजम बालबालिकालाई सहयोगको अपिल


प्रकाशित मिति :2019-06-07 14:29:04

–महिला खबर–

काठमाडौं । अभियन्ता सबिता उप्रेतीले अष्ट्रेलियामा रहेका नेपाली नागरिकसँग विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रको भवन निर्माणार्थ सहयोगका लागि अपिल गरेकी छन् ।

सामाजिक अभियन्ता विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी) की अध्यक्ष उप्रेतीले अटिजम भएका बालबालिकाहरुलाई अपांगता मैत्री भवन निमार्ण गर्ने अभियानमा सहयोग गरिदिन अपिल गरेकी हुन् ।

भवन निर्माणका लागि रकम संकलन गर्न एनआरएनए अष्ट्रेलियाको संयोजन र सहकार्यमा एक महिनाको अष्ट्रेलिया भ्रमणमा रहेकी उप्रेतीले डार्विन र ब्रीसबेनमा ‘च्यारिटी डिनर विथ सबिता उप्रेती’ कार्यक्रम भब्यताका साथ सकिएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा सबिताले आफूले गरिरहेको सामाजिक कार्य, संस्था र भवन निर्माण गर्दा लाग्ने खर्चका बारेमा बालेकी थिइन् ।

सबिताको अटिजम बालबालिकाको सेवाप्रतिको लगाव र समर्पणसहित संस्थाको काम र भावी उद्देश्यको नेपालीहरुले खुलेर प्रशंशा गर्दै सहयोग गरेको पनि उनले बताइन् ।

सबिताका अनुसार उक्त कार्यक्रमबाट १६ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । ब्रीसबेनमा रकम संकलन हुँदैछ भने एडिलेटमा जुन ९ र सिड्नीमा जुन १० मा कार्यक्रम हुन लागेको पनि उनले बताइन् ।

संस्थाले अटिजम भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पुनस्र्थापनाका साथै जनचेतना र पैरवीमा ९ वर्षदेखि काम गर्दै आइरहेको छ ।

विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रमा नियमित स्रोत, साधन र भौतिक पूर्वाधारको अभावकका कारण धेरै बालबालिकाहरु भर्नाको लागि प्रतिक्षा सूचिमा (वोइटिन लिस्ट) मा रहेको पनि अध्यक्ष उप्रेतीले बताइन् ।

नियमित दाताको सहयोग बिना संचालित संस्थामा हाल ४५ जना बालबालिकाहरुले सेवा प्राप्त गरिरहेका छन् भने २६ जना कर्मचारी कार्यरत रहेको जानकारी दिइन् ।

अटिजम भएका बालबालिकामा देखिने व्यवहार

बोलाउँदा नहेर्ने
आँखा नजुधाउने
अरूले जे बोल्यो त्यही बोल्ने (सामान्य मानिसलाई जिस्क्याएको जस्तो लाग्ने)
उमेरअनुसारको भाषागत विकास नहुने
आवाजमा अत्यधिक प्रतिक्रिया जनाउने या वास्तै नगर्ने
डर या त्रासप्रति ख्याल नगर्ने
बालबालिकाले खेल्ने सामान्य सामानभन्दा अन्य कुराहरूमा अत्यधिक लगाव दिने
नियमित शिक्षण विधिबाट सिक्न गाह्रो हुने
आफ्नो उमेरका साथीसँग खेल्न मन नगर्ने या खेल्न नै इच्छा नदेखाउने
ठीक समयमा ठीक तरिकाले प्रतिक्रिया नदिने
बच्चालाई इच्छा भएको एउटै कुरामा ध्यान दिएर एकोहोरो लागिरहने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: