तेस्रोलिंगी महिला जुनूका हत्यारालाई १५ वर्ष जेल सजाय


प्रकाशित मिति :2019-06-06 12:49:35

ललितपुर । तीन महिना अघि हत्या गरिएकी तेस्रोलिंगी महिला जुनू गुरुङका हत्यारालाई सर्वोच्च अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । जुनूका पार्टनर विदेश कार्कीलाई फौजदारी कार्यविधि संहिताको दफा १७८ अनुसार १५ वर्षको जेल सजाय भएको हो ।

नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले महिला खबरलाई दिएको जानकारी अनुसार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार जुनूको पक्षमा फैसला गरेको हो ।

हत्या गरिएकी तेस्रोलिंगी महिला जुनू गुरुङ

उनका अनुसार तेस्रालिंगी महिलाका रूपमा खुलिसकेकी ३२ वर्षीया जुनू पोखराकी हुन् । उनी लाजिम्पाटमा बस्थिन् । उनका पार्टनर २१ वर्षीय विदेश कार्की उनीसँगै बस्थे।

जुनूको मृत्यु हुनुभन्दा ३ दिनअघि पनि कार्कीले नराम्ररी पिटेको भन्दै न्यायका लागि जुनू प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीले मेडिकल रिपोर्ट लिएर आउनु भनेर पठाइदिए पनि उनले मेडिकल जाँच भने गरिनन् ।

प्रहरीमा गएको ३ दिनपछि उनी मृत भेटिएकी थिइन्। जुनूको शरीरभरि पूरै निलडाम र मुखबाट रगत निस्किएको पिंकीले बताइन् । अत्यधिक कुटाइका कारण उनको मृत्यु भएको भन्दै पिंकीकै नेतृत्वमा प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

सर्वोच्चको फैसलाले तेस्रोलिंगी समुदायमा उत्साह थपिदिएको पिंकीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: