एक सय बढीमा पाठेघरको मुखमा क्यान्सर भएको शंका


प्रकाशित मिति :2019-06-06 11:49:08

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक सय बढी महिलामा पाठेघरको मुखको क्यान्सर भएको शंका गरिएको छ ।

कञ्चनरुप नगरपालिकामा ६ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा चेकजाँच गराएका महिलाहरु मध्ये एक सय ३ महिलामा पाठेघरको मुखको क्यान्सर भएको शंका गरिएको हो ।

एक हजार २ सय ४९ बिरामीले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शिविरमा ८ सय ३८ ले आङ खस्ने रोग र ४ सय ११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा २८ जनामामा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: