पुरुष हृदय !


प्रकाशित मिति :2019-05-28 13:10:23

त्यतिबेला
जब म बिसन्चो भएको महसुस गराउन खोज्छु
जब म दिनभरि थाकेको छु आज हुन्न है भन्छु
जब म मेरा बा आमा लाई भेट्न् जान्छु भन्छु जस्ले जन्म दिये मलाई तिम्रा लागि 
जब म मेरा पुरुष साथीहरू सङ खुलेर हास्न खोज्छु बालपन मा खेलेका थियौ भनी
जब म किताब लिएर पढ्न बस्छु
जब म मोबाइलमा रम्न खोज्छु
जब म लगातार छोरीहरुलाई मात्रै जन्म दिन्छु
जब म एक कप चिया बनाइदेउ न भन्छु
जब म बोल्न थाल्छु समाजका बन्धनबारे,
नारी स्वतन्त्रताबारे, नारी अधिकारबारे
के तिमि माया गर्न सक्छौ मलाई ?


त्यतिबेला
जब म मेरो अस्तित्वका लागि बोल्न थाल्छु
जब म मेरा इच्छा चाहना र मन पर्ने र मन नपर्ने बिषयमा बोल्न थाल्छु
जब म चिनिन्छु मेरै नाम र कामबाट
हुन्न, सक्दैनौं
बेकार मै प्रयत्न न गर
किनकि तिमि कम्जोर छौ
पुरुष ह्रदय !


तर माया गर्छौ तिमी
त्यतिबेला
जब म तिम्रा हरेक अपमानजनक शब्दमा मुसुक्क हासिदिन्छु
जब म तिमिलाइ सर्वश्रेष्ठ घोषित गर्छु छोराछोरी र आफन्तको सामु
जब म तिम्रो वंश लाई कोखमा पाल्छु,जन्माउछु र दुध चुसाउछु
जब पाहुना खुशी हुन्छन्
जब छोराछोरीलाई संस्कारी भन्छ्न्
तिमी गदगद हुन्छौं
र माया गर्छौ
धेरै माया, अथाह माया
साच्चै माया गर्छौ तिमी मलाई ?

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: