स्यानेटरी प्याडको अर्थशास्त्र


प्रकाशित मिति :2019-05-28 11:23:14

अहिले “स्यानेटरी प्याड”को यस्तो गरी विज्ञापन भईरहेछ, मानौं ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । “प्याड” नभएर छात्राहरू स्कूल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नि ! प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ ।

म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतिको (आमाको सुतीको धोती) पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिईन् । त्यो बेलामा स्यानेटरी प्याडको चलन थिएन । महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोईन्थ्यो । कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन ।

तर अहिले त गाउँगाउँमा पनि मानौ स्यानेटरी ‘प्याड’ प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कूल स्कूलमा “स्यानेटरी प्याड खसाउने बाकस”भनेर ठूलो अक्षरमा समाचार आउँछ ।

प्याडको अर्थशास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर एक सय रुपैंया प¥यो भने ‘एक’ महिनामा प्रजनन् उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे भने महिनामा ५ लाख ×१०० झण्डै ५० करोड अर्थात् वर्षभरीमा झण्डै ६ अरबको प्याड प्रयोग हुन्छ । कसैले त दुईवटा प्रयोग गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले लगाउने प्याडको त मैले हिसाब गरेकी छैन ।

नेपालमा सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहहरूलाई दिएको र्भ वर्षमा कति पैसा बच्थ्योे होला ? घरेलु प्याड बनाउन, प्रयोग गर्न पनि एकदम सजिलो छ । घरायसी प्याडले महिनावारी व्यवस्थापन हुन्छ भनेर कल्ले बोल्ला ?

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: