दुलाहाले दाइजो अस्वीकार गरेपछि एक हजार किताब उपहार


प्रकाशित मिति :2019-05-26 12:00:38

काठमाडौं । भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा रहेको छ । मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार आइरहन्छ । तर, पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ पढाएका छन् ।

३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो निर्णयबाट विचलित भएनन् । दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको यो निर्णयलाई बेहुली पक्षले स्वीकार गरेपछि विवाह निश्चित भयो ।

जब उनी जन्ती लिएर बेहुली लिन पुगे तब युवा आश्चर्यमा परे । त्यहाँ उनकी हुनेवाला श्रीमतीले श्रीमानका लागि खास उपहार लिएर उपस्थित भइन् । बेहुलीले त्यो दाइजो नभएर उपहार भन्दै दुलाहालाई स्वीकार गर्न बाध्य पारिन् । वास्तवमा त्यो उपहारमा अरु केही नभएर एक हजार वटा किताब थियो । जसको मूल्य एक लाख भारतीय रुपैयाँ पर्ने समाचारमा उल्लेख छ । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: