उत्तर कोरियालीका महिला चीनमा यौनदासी


प्रकाशित मिति :2019-05-23 12:04:58

काठमाडौं । लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

कारोबार

आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ।

उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।

ूपीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ,ू प्रतिवेदनका लेखक युन हि(सुनले भने।

बारम्बार बेचबिखन

ती महिला तथा बालिकाहरू सामान्यतयाः १२ र २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय अझ साना।

उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ। उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन्।

प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ। कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ।

धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर-पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ।

साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ।

बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले बलात्कार तथा दुर्व्यवहार गर्छन्।

उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ। बीबीसीबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: