आफू बलात्कृत भएको भन्न २५ वर्ष लाग्यो


प्रकाशित मिति :2019-05-21 11:51:24

कोलम्बस । रिपब्लिकन जन प्रतिनिधि नेन्सी मेसले आफुमाथि भएको बलात्कारलाई लिएर मौनता तोडेकी छिन् । उक्त बलात्कारका बारेमा २ दशक भन्दा लामो समय सम्म सार्वजनिक रुपमा नबोलेकी मेसले गत अप्रिलमा दक्षिण क्यारोलाइना विधानसभामा अन्तत उनले आफनो पिडा ब्यक्त गरेका छन् ।

हाल अमेरिकाका केही राज्यमा भ्रुणको धड्कन पत्तालागपछिको अवस्थामा गर्भपतनमाथि प्रतिबन्ध लगाउने प्रावधानसँग सम्बन्धित कानुन विबेष चर्चामा रहेको छ । उनी यस विधेयकमा बलात्कार तथा आफनै नजिकका नातेदारहरुबाट हुने ब्यभिचारका कारण हुने यस प्रकारको परिस्थितिलाई अपवादका रुपमा जोड्न चाहेकी छिन् ।

जब सदमा उनका केही सहकर्मीहरुले नै उनको सम्बोधनलाई अस्विकार गरेपछि उनले आफुलाई रोक्न सकिनन् । मेसले भनिन्– हामीमा कोही, जो बलात्कारको सिकार भएका छन्उ, नीहरुलाई त साहस जुटाउन र आफू बलात्कारपीडित भएको बताउन २५ वर्ष लाग्यो ।

उनले भनिन्– यो कुरा मेरी आमा र हाइस्कुलमा मेरी मिल्ने साथी दुई जनालाई मात्र थाहा थियो । आफुलाई जुन घटनाले यति लामो समयसम्म पिडा दिइरहेको थियो त्यसलाई सार्वजनिक गर्ने फैसला गरेको उनले बताइन् । यसल पुरुष जनप्रतिनिधि पनि पिडितको पिडा बुझ्ने अवसर मिल्ने उनले बताइन् ।

ओहायो राज्यमा यस प्रकारको एक विधेयक पारित भइसकेको छ । यस क्रममा तीन जनप्रनिधिहरुले आफु बलाकृत भएका घटनका बारेमा सदनमा जानकारी दिएका थिए ।

मिसिगनको रिपब्लिकन बहुमत विधानसभाले गर्भपातमााथि प्रतिबन्ध लगाउने दुई विधेयक पारित गरेका थिए र त्यसलार्य गभर्नरको स्विकृतिका लागि पठाइएको छ । यद्यपी गर्भनरले आफु ती दुई विधेयकमाथि भिटो शक्तिको प्रयोग गर्ने बताएकी छिन् । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: