एसिड प्रहारबाट जलेकी जेनीको अबस्था चिन्ताजनक


प्रकाशित मिति :2019-05-16 14:52:40

ललितपुर

श्रीमानको एसिड प्रहारबाट जलेकी जेनीको अबस्था चिन्ताजनक रहेको छ । किर्तिपुर अस्पतालका अनुसार हिजो साँझ श्रीमान विष्णु भुजेलको एसिड प्रहारबाट जलेकि जेनीको उपचार भई रहेको छ ।
कालोपुलमा कोठाभाडा बस्दै आएकि जेनीको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड लागेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै मोटरसाइकल चढेर भागेका श्रीमान विष्णु भजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले बताए । बोगटीका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिईरहेको छ ।
२० वर्र्षीया जेनीले भुजेलसँग ५ वर्ष अगाडी प्रेम विवाह गरेकि थिइन् भने भुजेलले पहिलो विवाह गरेको थाहा पाए पछि जेनि र विष्णुको सम्बन्ध बिग्रिएको थियो ।
एसिड आक्रमण गरेको अभियोग प्रमाणित भएमा भुजेललाई ५ वर्ष देखि ८ वर्षसम्म कैद वा १ लाख देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: